Skip to content

दुई मुक्तक


उनकै अघि बसी केही लेखुँ भन्छ मन
जब हुन्छिन् टाढा अनि देखुँ भन्छ मन
फूलहरूमा पुतली बस्छ जसरी
थाहै नदिई मनको दैलो टेकुँ भन्छ मन

——————————–

सहकार्य बिना नै फल पाउँछु भन्छन् नेता
धुरी छैन त्यसै घर छाउँछु भन्छन् नेता
संगीत बिना भजन खास मिठो हुँदैन
खैजरी र मादल बिनै गाउँछु भन्छन् नेता

अरुण पौडेल
चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *