Skip to content

अरुण पौडेल

ArunPoudel-01

दशैंको लिंगे पिङ्

दशैंको लिंगे पिङ् अक्षेताले छर्किएर
धर्ती छोड्थ्यौ साथीभाइ पालो पर्खिएर

यसपालीको दशैँमा त आउन पाउन्न आमा
हाँसी-हाँसी मान्नुस दशैँ नरोऊ धर्किएर

दुई मुक्तक (उड्दा उड्दै सिकारीको)

१)
उड्दा उड्दै सिकारीको पर्यो निशानीमा
भाग्य अब त्यो चरीको सर्यो निशानीमा
कल्पना हो भविष्यलाई देख्न सकिदैन
ठ्याक्कै लाग्यो रक्तामम्य भै झर्यो निशानीमा

साउने हात मेहेन्दी ले सजाउदै होलि

साउने हात मेहेन्दीले सजाउदै होली !
हरियो चुरा हातभरि बजाउदै होली !
यसपाली नि मेरै लागि व्रत बसेर
शिवजी को मन्दिरमा लजाउदै होली !

..अरुण पौडेल ..
गुञ्जनगर -४ चितवन
हाल जापान

ArunPoudel

बाटो हिड्दा फुर्छ मुक्तक

  • by

बाटो हिड्दा फुर्छ मुक्तक, लेख्दिन र गल्ती गर्छु
एउटै बाटो हिड्दा पनि, देख्दिन र गल्ती गर्छु
कमाउदै ओठहरू आउदा पनि मेरो छेउमा
यी ओठले ती ओठलाइ , सक्दिन र गल्ती गर्छु

दुई मुक्तक (अबिरल भई आँशुहरू)

१)
अबिरल भई आँशुहरू पानी बन्न थाल्यो आजकल
अलि अलि पिउथे पहिले, बानी बन्न थाल्यो आजकल
बिछोडको मुटु बोकी तस्बिर सामु बसेपछि
नखानी यो मान्छे पनि खानी बन्न थाल्यो आजकल

सम्झौता

यो मुटुमा माया तिम्रो पोख्न सक्छौ भने
हासो दिइ आँसुहरू रोक्न सक्छौ भने
मुटुको घडेरी नै सटी सटी लिउला
जिम्मेवारी आधा आधा बोक्न सक्छौ भने

अरुण पौडेल

बिबशता

चोखो माया लाउने सबै रहर बनेपछि
अमृत भनी छुँदा सबै जहर बनेपछि
चोटहरूलाई बिरहका गीतले छोप्नु पर्ने
घाउमाथि नून छर्ने शहर बनेपछि…

अरुण पौडेल
गुन्जनगर-४ चितवन

ढुङ्गालाई तिमीले बुझ्यौ कसरी

ढुङ्गालाई तिमीले बुझ्यौ कसरी
के कारण किन पुज्यौ कसरी
पुजेर पत्थर देउता नै हुने भए
आफ्नै आँसुले रुझ्यौ कसरी

अरुण पौडेल,गुन्जनगर-४ चितवन

बुझ्दिन यो हस्त रेखा रेखा अनौठो छ

बुझ्दिन यो हस्त रेखा रेखा अनौठो छ
कस्तो कस्तो जिन्दगीको लेखा अनौठो छ
नमिलेको हिसाब किताब मिलाईदिन्छ कस्ले
जली-जली जिउने दीप शिखा अनौठो छ

कोसिस

बिगत स्मृतिको दुर्बिनबाट हेर्ने कोसिस मेरो
मुटुभित्र बिगतलाई कोर्ने कोसिस मेरो
छिरल बिरल पोखिएका अनगन्ती सपनाहरू
आसको अन्जुलीमा सोर्ने कोसिस मेरो

माया प्रेम यत्तिकैमा चुक्ला भन्ने डर

माया प्रेम यत्तिकैमा चुक्ला भन्ने डर
टिपे फूल ओइलिएर सुक्ला भन्ने डर
नटिपेरै दिर्घकालीन सुवास छर्ने चाह
राम्रो फूल देख्दा कोही टिप्ला भन्ने डर

अरुण पौडेल
गुन्जनगर-४, न्यु लाइन
चितवन ।

देखेको थिएँ

घाइते व्यक्ति, एम्बुलेन्स र सडक देखेको थिएँ
जसको गल्ती उसकै तडक भडक देखेको थिएँ
निर्दोष त घाइते भयो बोल्नै सकेन
मर्छ कि त पल-पल उसलाई फरक देखेको थिएँ

रहर

माया पाए उनकै हातले सिलाउने, थ्यो रहर
सँगै बसी उनीलाई पनि पिलाउने, थ्यो रहर
माया बीचमा अनावश्यक पलाएका झारहरू
दुबै मिली सँगसँगै जिलाउने, थ्यो रहर

जीवन चाहना

हाँसो खुसी बीचको भूमध्य रेखा होस् जीवन
डेबिट, क्रेडिट ठ्याक मिल्ने लेखा होस् जीवन
पाइलापिच्छे समस्यासँग लड्न सिकाएर
समस्यामा समाधानको टेका होस् जीवन

बाटो फेरिदियौ

थाहा नदिई सम्बन्धमा पाटो फेरिदियौ
मैले गल्ती के गरें र ? साटो फेरिदियौ
मेरै घरको बाटो हिंड्थ्यौ हाँसी हाँसी पहिला
किन आज-भोलि तिमी हिंड्ने बाटो फेरिदियौ