बाटो हिड्दा फुर्छ मुक्तक, लेख्दिन र गल्ती गर्छु
एउटै बाटो हिड्दा पनि, देख्दिन र गल्ती गर्छु
कमाउदै ओठहरू आउदा पनि मेरो छेउमा
यी ओठले ती ओठलाइ , सक्दिन र गल्ती गर्छु
१)
अबिरल भई आँशुहरू पानी बन्न थाल्यो आजकल
अलि अलि पिउथे पहिले, बानी बन्न थाल्यो आजकल
बिछोडको मुटु बोकी तस्बिर सामु बसेपछि
नखानी यो मान्छे पनि खानी बन्न थाल्यो आजकल
थाहा नदिई सम्बन्धमा पाटो फेरिदियौ
मैले गल्ती के गरें र ? साटो फेरिदियौ
मेरै घरको बाटो हिंड्थ्यौ हाँसी हाँसी पहिला
किन आज-भोलि तिमी हिंड्ने बाटो फेरिदियौ