Skip to content

बखतबहादुर थापा

रारा र चन्दन

२०४६ सालको बहुदल घोषणापछि राजनीतिक पार्टीहरूको राजकाज सुरु भयो । प्रायः राजनीतिज्ञहरू आफ्नो सङ्घर्षको बदलामा राजसी सुखभोगमा लिप्त भए । सायद भागबन्डा नमिलेको हुनसक्छ, तर केही राजनीतिज्ञहरूले आफ्नो लक्ष्य देश बनाउनु र जनताको जीवन स्तर उकास्नु हो भनेर बाउँटिए । तिनले दुर्गममा पसेर माओवादको नाममा सशस्त्र सङ्घर्ष सुरु गरे । यो आन्दोलन सरकार र माओवादीबीच पूरै दश वर्ष चल्यो । यस आन्दोलनमा सबैभन्दा बढी सर्वसाधारण पेलानमा परे । धेरैको ज्यान गयो ।

वार्तालाप

“नयाँ उम्मेदवारहरू यमराजकहाँ हाजिर होऊ ।”

आकाशवाणी हुनेबित्तिकै हामी छिटोछिटो यमराजको बैठक कोठामा पुग्यौँ ।

यमराज सिंहासनमा विराजमान थिए । सिंहासनको हेन्डिलमा दाहिने हातको कुहुनो टेकाएर जुँगा बटार्दै थिए । उनको दायाँ र बायाँ दुवैतर्फ कलकलाउँदा ठिटीहरू उभिएर चमर हल्लाउँदै थिए । ‘जाडो महिनामा पनि हाम्रा राजालाई हावा दिनुपर्छ ?’ म आश्चर्यमा डुब्दाडुब्दै त्यस कोठामा बढ्दै गएको न्यानोले सम्हालिएँ । त्यस कोठामा पसेदेखि मन आनन्दित हुँदै गइरहेको थियो !

मेरी भाउजू र नागा बाबा

म पत्रकार, रुढीवादी परम्परा पटक्कै मन पराउँदिन । मेरो आदर्शले सामाजिक व्यवहारमा बाँधिन समय लाग्यो । बिहे पनि उमेर ढल्केपछि भयो । बिहे गरेको वर्ष दिन नपुग्दै श्रीमती कहिले टाउको दुख्यो त कहिले कम्मर दुख्यो भन्न थालिन् । कहिलेकाहीँ पिठिउँको र पेटको पनि चुक्ली लगाउँथिन् । सिकिस्तै नभए पनि स्वस्थ भने कहिल्यै नहुने ! नाम चाहिँ गोरी, छालाको रङले जुराएको । अनुहार भने जहिल्यै अँधेरो बनाइराख्ने । अस्पताल लिएर गएँ । डाक्टरहरूले सोध्दा कहिलेकाहीँ घुँडा पनि दुख्छन् भन्न पछि परिनन् ।

नीलकण्ठ

भूकम्पले तर्साइराख्ने र नाकाबन्दीले दाउरा बाल्नु पर्ने भएकाले हीराको चिया पसल चउरमा सरेको थियो । चियाका पारखीहरू चुस्की लगाउँदै नयाँनयाँ कुरा सुन्न र जान्न पाउने मनसुवाले त्यहीँ जम्मा हुन्थे । पसलमा भीडभाड थियो ।

“भुइँचालो र नाकाबन्दीले पूरै जनजीवन अस्तव्यस्त बनाइदियो ।” वर्तमानले भन्यो र प्रतिकृयाका लागि दृष्टि घुमायो ।

खाडल

एक दिन डिउटी सिध्याएर कोठातर्फ जाँदै थिएँ, सुराकी ‘इ’ बन्दीकोठाको झ्यालमा उभिएर सानो ढुङ्गा खेलाइरहेको रहेछ । मैले उसलाई देख्नेबित्तिकै आँखा घुमाएँ । आफ्नो कोठातिर बढदै थिएँ मेरो ढाडमा कुनै चीज आएर ट्वाक्क ढोक्कियो । फर्केर हेर्दा त्यही सुराकी ‘इ’ले खेलाइरहेको ढुङ्गाजस्तो लाग्यो । मेरा आँखा सुराकी ‘इ’ कहाँ पुगे । उसले डिच्च गिजा देखाउँदै मलाई आफूकहाँ आउन सङ्केत गर्यो ।

आहारा

‘ठूलाठूला देवीदेवता, ठूलाठूला भवन, राम्रो लवाइखुवाइ, राम्रो उन्नति, प्रगति गर्न सकिने र आफूले चाहेजस्तो काम पाउने भनेकै राजधानीमा हो ।’ गाउँमा सबैजसोबाट सधैँजसो यस्तै कुरा सुन्दै आएकाले बिर्खेले पनि आखिरमा काठमाडौँको बाटो ततायो ।

सुनेजस्तै गरी सबै कुरा भोग्न कहाँ पाइन्छ र ? काठमाडौँमा बिर्खेका कोही आफन्त थिएनन् । राजधानीमा उत्रेकै साँझ ऊ बास खोज्दै कुनै होटलमा पुग्यो । उसको गोजीले भने होटलको एक रात पनि नटर्ने देखियो । त्यसैले उसले फुटपाथको शरण लियो ।

त्रास

ठूलो हुने इच्छाले वशीभूत थिए होसबहादुर । उनी घर किन्न हिँडे । उनको मानसिकताले ३१ तले गगनचुम्बी भवनमा पुर्यायो । लिफ्टमा बसेर सररर माथिल्लो तलामा पुग्दा वैज्ञानिकहरू चन्द्र ग्रहमा जाँदा यस्तै मजा लुट्दा हुन् भन्ने अट्कल गरे उनले । ३१ तलाबाट तल हेर्दा जमिनका मान्छेहरू किरा जस्ता देखिए । यो उनको दोस्रो सन्तुष्टिको विषय भयो । छतबाट काठमाडौँको दृश्य हेर्दा आफू हवाई जहाजमा पो छु कि जस्तो लाग्यो उनलाई । यस भवनमा ७०–८० परिवार बस्छन् होला ! ती सबैका टाउकामा नाच्ने भनेको यही फ्ल्याट किन्ने मान्छे नै हो, भन्ने अटकलेपछि उनले देखे फाइदै फाइदा । कत्ति पनि ढिलो नगरेर त्यस फ्ल्याटलाई आफ्नो बनाए ।

BakhatBahadurThapa

भग्नावशेष

सबैभन्दा पहिला रत्नपार्क पुगेको घरलाई ‘क’ भन्यौँ । निकै दुःखी देखिन्थ्यो ऊ । भूकम्पपछिका परकम्पहरू आउँदै थिए । ‘क’का जोर्नीहरू खुकुलिँदै थिए । आफ्ना हल्लिँदै र छुट्टिँदै गरेका अङ्गहरू देखेर छट्पटिनु सिवाय केही गर्न सक्दैन ऊ । जब भूकम्पको घच्घचाइले दायाँबायाँका घरहरूलाई अँगाल्ला जस्तो देखिन्थ्यो ‘क’ तब आफ्नै घरलाई यमराज ठानेर कहालिँदै भागेको थियो उसको साहु । साहुको त्यो आतंकित व्यवहारले झन् नूनचुक थप्यो ‘क’का घाउमा ! अब ऊ आफ्नो मनलाई शान्त राख्न चाहन्थ्यो, तर पटकपटक आउँदै गरेका परकम्पले उसको मुटुलाई घोचिरहेका थिए । उसको भयभित दृष्टि वरपर दौडँदै थियो ।

विकास

  • by

प्रकृतिले मान्छेलाई जति लोभ्याउँछ, मान्छेले मान्छेलाई त्यति नै तर्साउँछ।
नागबेली डाँडाहरूमा ढकमक्क फुलेका फूलहरू, वन्यजन्तुको लुकामारी, चराचुरुंगीको चहचह स्वर, झरनाको मनमोहक सुसेली। कति सुरम्य प्रकृति ! यो हाम्रो प्रकृतिको अतिरञ्जित गुणगान होइन। प्राकृतिक सौन्दर्यले परिपूर्ण छ, हाम्रो देश। नेपालको सुन्दरता नेपालीका निम्ति गर्वको कुरा मात्र होइन, विदेशीहरूका आकर्षणको विन्दु पनि हो।

सोख

  • by

शुक्रबार सोखिन प्रकाशनले उत्कृष्ट बालबालिकालाई पुरस्कृत गर्ने कार्यक्रममा निम्त्याएको थियो ।

सहभागीहरू ७० जनाजति रहेछन्! ती प्रायः पुरस्कृत हुनेहरूका आफन्तजस्ता थिए । समारोह हल पनि राम्रै थियो । निमन्त्रणा-पत्र अनुसार कार्यक्रम अढाई बजे सुरु भएर साढे तीनबजे सकिनु पर्ने थियो । साढे दुई बजेपछि सिटमा बसेर कार्यक्रम उद्घाटनको प्रतीक्षा गर्दै सङ्क्षिप्त अभिलेख पल्टाउन थालियो । आयोजकहरू बेग्लै धुनमा तन्किरहेका देखिन्थे । प्रतीक्षारत सहभागीहरू औँला पट्काएर हाई काढ्न थाले । बेलाबखत लघुशङ्काका लागि बाहिरिन्थे पनि ।