Skip to content

गणेश रंजित

यमरि–एक चाड एवं जात्रा

यमरि पूर्णिमा–नेवारहरुको महान चाडपर्व मध्य एक रहिआएको छ । मार्ग शुक्ल पूर्णिमाका दिन विशेष गरी उपत्यकाका नेवार समुदायले यो पर्व मनाउने गर्दछन् । यो पर्वमा विशेष रोटिको भोग गरिन्छ जसलाई यमरि भनिन्छ जुन भगवान लक्ष्मीले प्रदान गरेको प्रसादको रुपमा लिने गरिन्छ । आज सम्म पनि कसै कसैको घरमा यस यमरिलाई भगवान लक्ष्मी मानेर नयाँ भित्रेको धान भित्र राखि चार दिन सम्म पुजा गरि चार दिन पस्चात मात्र लक्ष्मीको प्रसाद भनि त्यसलाई निकाली आफुले पनि खाने र परिवारका अन्य सदस्यहरलाई पनि खुवाउने चलन रहि आएको छ ।

बसन्त

हिड्दैछ यी पाइलाहरू
टक्क रोकियो कुनै ठाउँमा
किन रोकियो भनी सोधें आफैंसित
आँखाले त देखे एक मिठो सपनी

सररर हावा चलिरहेछ जहाँ
धकमक्क फूल फुलिरहेछ त्यहाँ
सुगन्ध सुवास छरिएछ वरिपरि
रमाइलो वातावरण छरिएछ सरी

फर्की आऊ

देशले आज बोलाएछ तिमीलाई !
जन्मभूमि सिच्याउनाका लागि !
देशले आज सोधिरहेछ तिमीलाई !
जन्मभूमि किन छोड्यौ भनी !
देशले आज बोलाई रहेछ तिमीलाई !
फर्की आऊ हे सन्तति भनी !