Skip to content


हिड्दैछ यी पाइलाहरू
टक्क रोकियो कुनै ठाउँमा
किन रोकियो भनी सोधें आफैंसित
आँखाले त देखे एक मिठो सपनी

सररर हावा चलिरहेछ जहाँ
धकमक्क फूल फुलिरहेछ त्यहाँ
सुगन्ध सुवास छरिएछ वरिपरि
रमाइलो वातावरण छरिएछ सरी

सोधेछु सबैसित यो के हो भनी
भनेछन सबैले यो त ऋतुराज बसन्त भनी
आहा कति रमाइलो रहेछ यो बसन्त
चारै मास आए हुन्थ्यो यो बसन्त
धकमक्क फुलेको फूलहरूको माझ
फुल्न पाए हुन्थ्यो यो जीवनको प्यास

Leave a Reply

Your email address will not be published. Required fields are marked *