Skip to content

सुभद्रा भण्डारी

SubhadraBhandari-02

आमा तिमी ममताकी खानी

वर्षमा एक दिन मात्र होइन आमा दिवश, ३६५ दिन नै लाग्छ एकनाश ।
य़ो जन्ममा मात्र होइन आमा, अर्को जन्ममा पनि पाउन सकुँ तिम्रो साथ ।
नौ महिनासम्म तिम्रै कोखभित्र, वास वसेथे अधिकार जमाई ।
लात्ती हान्दै ऋणी ठान्दै, धेरै सताएथे तिमीलाई।

प्रशब पीडाको बयान गर्नै सकिन्न, मर्न बरु सजिलो होला ।
आमा तिमी ममताकी खानी, अशैया पीडा सहेर दियौ नयाँ चोला ।
सुसु गर्दिएको छु तिम्रो काखमा, आची भर्दिएको छु तिम्रो गाँसमा ।
अन्जानमा मैले तिमीलाई, लज्जित वनाएको छु दुनियाको माँसमा ।

मेरी आमा, प्यारी आमा

आँखाहरू लोलाइसके होलान,
मन थाकिसक्यो होला, आमा मेरी आमा ।
तिम्रा सपनाहरू ओइलाएरै झर्ने पो हो कि,
संसार देखाउदै रचेको सृस्‍टि,
दोबाटोमै मर्ने पो हो कि, आमा मेरी आमा ।

राजधानीको हाल जताततै कमालै-कमाल

नेपालको राजधानी काठमाण्डौ, नगन्य नेपालीहरूको सपनाको शहर काठमाण्डौ अनि उच्च जनघनत्वको माहोलमा अस्त ब्यस्त हाम्रो राजधानी काठमाण्डौ । महल देखि झुपडीसम्म, पजेरोदेखि सडकसम्म, अरबपतिदेखि भिखारीसम्म, ठगदेखि साधुसम्म, बुद्धिवानदेखि मुर्खहरूसम्म, अशक्तदेखि बलवान सम्म, चोरी-चकारिदेखि हत्याहिंम्सिसम्म, ललाइ फकाइदेखि बलात्कारसम्म, मानबीय बेचबिखनदेखि अबैध यौन धन्दासम्म, के हुदैन र हाम्रो राजधानी काठमाण्डौमा । प्राकृतिक सुन्दरताले भरिपूर्ण सुन्दर नगरी रानी पोखरी, पानी पोखरी, नाग पोखरी लगायत थुप्रै पोखरीहरू लगायत धार्मिक तथा पौराणिक दृष्‍टिकोणबाट चर्चित मन्दिरै मन्दिरहरूको शहर हाम्रो सुन्दर शहर राजधानी काठमाण्डौ । स्यम्भु, पशुपति, बौद्ध, नारायण थान, इचङु नारायण, भद्रकाली दक्षिणकाली जस्ता अनेकन देबिदेबताहरूको पवित्र आस्था मौजदात छ राजधानी काठमाण्डौमा ।

दशैको शुभकामना

दशैँ आयो तिहार आयो,
जीवन जिउने बहाना ।
अशन्तुष्टि मानव जाति,
बढ्दै जान्छन चाहना ।
सत्यको लागि गर्नै पर्छ,
संघर्षको सामाना ।
हार कहिल्यै हात नलागोस,
यही नै मेरो बडा दशैको शुभकामना

बाल्यकालको दशैं यस्तो

छिरबिरे नयाँ लुगा,
हर्ष उमंगले फुरुङ हुँदै ।
लिङ्गे पिङ्ग र र्‍वाटे पिङ्गहरूमा,
साथी-संगीहरू जमघटसँगै ।
कस्तो यादले सतायो आज,
सम्झे घर घरमा जमरा छरेको ।

कहालिँदो सपनी

मध्य रात, निस्पट अँध्यारो,
एकान्त र सुन्यतामा ।
म झल्यास ब्यूँझिएछु,
कहालीलाग्दो ब्यथाहरूसँग सपनीमा ।
–उफ्फ् कोल्टे फेरे झसङ्ग हुँदै,
घुम्न थाले ती यादहरू मानसपटलमा ।

परदेशी चेलीबाट तीजको शुभकामना पत्र आमालाई

पुजनीय आमा,

सादर ढोग तथा नमस्कर,

आमा, कठिन समयसँगै मुकाबिला गर्दै तपाईंको त्यो न्यानो अँगालोबाट टाढिएको पनि ३ बर्ष बितिसकेछ । निरन्तर चलिरहने त्यही बलवान समयभित्र लुकामारी खेल्दा खेल्दै जिन्दगीले कोल्टे फेरिसकेछ । यो बिरानो मुलुकमा टहलाउदै मनलाई दह्रो र कसिलोसँग गाठो पार्दै सकी-नसकी आफूलाई सम्हालिरहेकी छु । हजुरको न्यानो स्नेही मायामा कल्पिदै आउँनै लागेको तीज पर्व मेरो अनुपस्थितिमा पनि खल्लो नहोस् भनी भगवानसँग प्रथाना गर्दै यो पत्रमार्फत २ शब्द कोर्ने जमर्को गरेकी छु ।