वर्षमा एक दिन मात्र होइन आमा दिवश, ३६५ दिन नै लाग्छ एकनाश ।
य़ो जन्ममा मात्र होइन आमा, अर्को जन्ममा पनि पाउन सकुँ तिम्रो साथ ।
नौ महिनासम्म तिम्रै कोखभित्र, वास वसेथे अधिकार जमाई ।
लात्ती हान्दै ऋणी ठान्दै, धेरै सताएथे तिमीलाई।
प्रशब पीडाको बयान गर्नै सकिन्न, मर्न बरु सजिलो होला ।
आमा तिमी ममताकी खानी, अशैया पीडा सहेर दियौ नयाँ चोला ।
सुसु गर्दिएको छु तिम्रो काखमा, आची भर्दिएको छु तिम्रो गाँसमा ।
अन्जानमा मैले तिमीलाई, लज्जित वनाएको छु दुनियाको माँसमा ।
अवस्य पनि खानै लागेको भाग छोडाएँ हिड्नै लागेको यात्रा भुलाए ।
आमा, आमा भन्दै रुदै पच्छ्याए, तिम्रो प्रतिक्षामा धेरै चियाएँ ।
आमा, तिम्रो दुधको भारा म कहिल्यै तिर्न सक्दिन ।
कोखभित्रको ऋणी हुँ म धन सम्पत्तिले फेर्न सक्दिन ।
आमा, लाग्छ सधैं तिमीसँगै रम्न पाऊँ ।
फेरि बाल्यपनमा फर्किएर तिम्रै मायामा खेल्न पाऊँ ।
तिम्रो अनुपश्थितिको एक क्षण पनि, कति पीडादायी हुन्थ्यो मलाई ।
आमा तिमी ममताकी खानी, शव्दै छैनन् वयान गर्नलाई ।
भोक प्यास थकान सबै हुन्थ्यो तिमीलाई पहिचान ।
आफ्नो पीडा कुल्चिएर मेरो खुशीको दिन्थ्यौ ध्यान ।
पूरा गर्न सकुँ तिम्रा अभावहरू, दु:खको बाढी नआवोस् कदापि ।
अन्जानमा मैले धेरै सताएको छू, मेरी आमा माग्दैछु माफी ।
जन्मायौ, हुर्कायौ, जिउन सिकायौ, सदा सुखी तिम्रो चाहना ।
सफल रहोस् तिम्रा हर मनोकामना, यही मेरो चाहना अनि शुभकामना ।
यही मेरो चाहना अनि शुभकामना ।
(आमा दिवशको उपलक्ष्यमा)
www.a1nepal.com
