Skip to content


मध्य रात, निस्पट अँध्यारो,
एकान्त र सुन्यतामा ।
म झल्यास ब्यूँझिएछु,
कहालीलाग्दो ब्यथाहरूसँग सपनीमा ।
–उफ्फ् कोल्टे फेरे झसङ्ग हुँदै,
घुम्न थाले ती यादहरू मानसपटलमा ।
दुधे बालक छोडेको थिए वृद्ध-वृद्धा बाबुआमा
दन्कियो ज्वाला झै मन, प्रियसीको यादमा ।
–सपनीमा खेल्न आए बालबच्चा काखमा ।
कालो बादल मडारियो अन्धेरी त्यो रातमा ।
एक्लै थिए म परदेशमा, कोही थिएनन् साथमा ।
दु:ख सुख पोख्ने साथि कलम थियो हातमा ।
–सोच्न थाले देशमा आजकाल,
कोलाहल र चिच्याहटले आक्रोशित भाकाहरू ।
पुन निदाउने प्रयास गरे,
तर अहँ लोलाउनै सकेनन् आँखाहरू ।
भयङ्कर सपनि देखे आज, देशमा भुइचालो गएको ।
डरले थर्थर काप्दै थिए म, के अनिस्ट भएको ।
ताजा खबर हासिल गर्छु क्षण भरमै रपनी ।
किन आउँछ्न पीडा भर्न कहालिदो सपनी ।

www.nepalisrael.net

Leave a Reply

Your email address will not be published. Required fields are marked *