अतित सुब्बा लिङ्देन
“जिन्दगी”
हार नमान हे प्रिय अनि आँशु त्यसै खेर नाफाल
जस्तो होस् आजका दिन सन्तुस्ट मनले सम्माल,
जस्तो थियौ तिमि पहिले उस्तै देख्छु अहिले
जिन्दगीमा दुख सुख त छदै छ आत्तिएर हाम नफाल,
बितेका ति पल हरु सम्झी आत्मा लाई दुखि नबनाउ
अब आउने तिम्रा ति सुनौलो बिहानी लाई अंगाल,
नभुल तिमि बिगतमा हिडेका गोरेटो बाटो हरु
पाईला पाईलामा तिम्रो आभास हुने छ !
बार लगाउने प्रयास नगर हिडेका ति गोरेटोमा
फेरी उही पुरानो घुम्तीमा यात्रा टुंगिने छ !
अतित
मलाई.
खुशी दिने कोहि भए देउ माया उसै लाई
चाहिदैन तिम्रो त्यो नाटकीय प्रेम कथा मलाई !
आफै सजाउने छु मायाका महल अतित सम्झेर
सोध्ने छुइन तिमि लाई फेरी साथ देउ भनेर !
कति सुन्दर छन् तिम्रा ति प्रेमका कथा हरु
कता कता अर्थ बिहिन लाग्छ मलाई !
चैत्र को हुरी झैं भए तिम्रा ति माया हरु
अविस्वास को भुमरीमा नाफसाउ मलाई !
अतित ..
“पुतली”
तिमि कति राम्री पुतली,
आउँछेउ सबै लाई मख्ख पार्छेउ
आँगनी को फूलबारीमा डुली डुली,
तिमि कति राम्री पुतली,
अनि रमाई हिड्छौ भुर्र भुर्र उडी
चरी सरि तिमि भोकाएकी हौली,
तिमि कति राम्री पुतली,
आउँछेउ कहिले रंगी बिरंगी हाली
अनि सबै खुशीले पिट्छ ताली,
तिमि कति राम्री पुतली,
जब तिमि उड़छेउ आकाशमा
निराशाको ज्योति फाली,
तिमि कति राम्री पुतली,
अतित सुब्बा
झापा
“भू-कम्प”
तिमि निर्दयी भू-कम्प !
किन आयौ यो मानव बस्तीमा
यहाँ केवल हामी मानवहरु छटपट्टिएका थियौं,
तिमि स्वार्थी भू-कम्प !
किन लग्यौ त्यो निर्दोस मानिसको चोला
यहाँ कति मानवको घर आँगनमा आँशुको भेल बगे होला,
तिमि पापी भू-कम्प !
आयौ बहुलाएर यो सुन्दर धर्तीमा
लियेउ कयौंको ज्यान पहाड अनि पर्खाल हरुमा,
टूटायौ फुटायौ हजारौंको घर अनि बस्तीहरु
तिमि अन्धो भू-कम्प !
न त गर्भवती नै देखेउ न त सुत्केरी चोला
न त नाबालक देखेउ न त बृद्ध चोला ,
सबै लाई लड़ायौ,कुल्चेउ, अनि थिचेउ
तिमि कस्तो भू-कम्प होला ??
झापा
“बुद्ध एयर”
हाम्रो प्यारो बुद्ध एयर तिम्रो रफ्तार त मान्नै पर्छ,,
भगवान भनौं या मुर्ति तिमीलाई त पुज्नै पर्छ,
हावा संगै आकाशमा उड्ने तिमि बुद्ध एयर,
तिमि कति रमाएको थियौ होला,
हामी सबैको भरिया बन्ने तिमि बुद्ध एयर,
तिमि कति थाकेको थियौ होला,
झरी बर्षा केहि नभनी तिमि बुद्ध एयर,,
एकै छिन रमाएर आकाशमा उडी दिन्थ्यौ,
हामी सबै मानव लाई तिमि बुद्ध एयर,
कति धेरै आनन्द मिलाई दिन्थ्यौ,
आकाशको त्यो कुहिरो छेंडी तिमि बुद्ध एयर,
हिम शिखर चुम्न खोजि रहन्थ्यौ,
सायद धेरै थाकाईले होला तिमि बुद्ध एयर,
थाहा नपाई एकान्त डांडामा भारी बिसाई दियौ,
- « Previous
- 1
- 2

ए चेली कोरी देऊ ती सप्तरंगी टिकाले