सुनकोशीको तिरैमा लै लै
माझी दाईले जालै हान्यो
माछी पर्यो जालमा
डाँडा काँडा घुम्दै फिर्दै
नाचौं गाउँ रमाउँ हामी
मादलुको तालमा
शिरैको शिरबन्दीले
कति राम्रो सुहाको लै लै
झिली मिलि पारी
लाली गुराँस शिरैमा तिम्रो
झलमल देखियो लै लै
आँखा वरिपरि
हाँसी खुशी माया लगाउँ
दुई मुटु साटेर लै लै
देवी देउराली भाकी
माया हाम्रो अमर बनोस
नछुटिने गरेर लै लै
कसम हाम्रो साक्षी
गाइने दाईले सारंगी रेट्यो
गितांगेले मादल ठोक्यो
नाचौं हामी तालमा
दशैँ आयो भन्दा भन्दै
तिहार पनि गयोनी लै लै
भेटौं अर्को सालमा
(लोकगीत)
रचना: अतित सुब्बा “झापा”
