अतित सुब्बा लिङ्देन
छुटिएको दिन सम्झी आँशु झारी रुन्छौ तिमि !
छुटिएको दिन सम्झी आँशु झारी रुन्छौ तिमि !
हिजोआज भेट नहुँदा अर्कै जाल बुन्छौ तिमि !!
डाँडा काँडा लेक बेस्सी गर्दै गाउँ घरको खेत !
मेलापात गर्दा उतै कोठेबारी खुन्छौ तिमि !!
खडेरीमा घामले पोल्दा चैतको झैं लाग्थ्यो !
पसिनाले ज्यान भिज्दा लप्त हुन्छौ तिमि !!
प्रदेशको कमाई सबै तिमिलाई पठाई दिन्छु !
पैसा हात लागे पछी माला सरी गुन्छौ तिमि !!
दुख गर्दै बिदेशमा चोखो मनले बाँचेको छु !
बाहिरी चर्चा चल्यो भन्दै अर्कै सुन्छौ तिमि !!
अतित सुब्बा
झापा
आफ्नै भाग्य कोर्न मैले, धेरै संघर्ष गरे थें
आफ्नै भाग्य कोर्न मैले, धेरै संघर्ष गरे थें
आफ्नै वर्तमान हेर्न मैले, धेरै जंघार तरे थें !
कहाँ भेटौं जिन्दगीको अर्थ, उपनाम दिनलाई
हजारौंको भिड माझमा, अलमल्ल परे थें !
छाती भित्र लुकाई हिंडे, आफ्नै दुख मेट्नलाई
अर्थ बिहिन जिन्दगीमा, लाखौं प्रयास गरे थें !
लाखौं पाईला चाले मैले, अनगिन्ति यात्रा गर्नलाई
उजाड जिन्दगीको अर्थ देखि, अनायसै टारे थें !
अस्ताएको घाम झैं जिन्दगीमा अब के रह्यो गर्नलाई
भाग्य रेखा कोर्दा कोर्दै, सुन्यतामा सारे थें !
अतित सुब्बा
झापा
सम्झनाको रहरहरु लुकाई हिंडे छाती भित्र भित्रै
सम्झनाको रहरहरु लुकाई हिंडे छाती भित्र भित्रै
ढुकढुकीको ज्वालाहरु आगो बनि सल्की दियो
गारो रैछ जीवन यात्रा ठेस लाग्छ हिड्दा हिड्दै
भेटि उनलाई चुमौं भन्थे पाईला मेरो अल्झी दियो
पहिलो थियो चाहा मेरो हात थामी साथ मांगे सधै
जाली मनलाई बुनौं भन्थें व्यथा मेरो बल्झी दियो
मिलनको यो गीतहरु गुनगुनाए मन भित्र भित्रै
कोरिएको यो प्रितहरु आँशु बनि छल्की दियो
अतित सुब्बा
झापा
भित्रि मनको रेशाबाट केही कोरुँ भन्छु
भित्री मनको रेशाबाट केही कोरूँ भन्छु
किन मेरो कलमहरू सुस्त हुदै छ ?
मुटुको खाली पाना भित्र केही भरूँ भन्छु
किन मरो हातहरू थरथर काप्दै छ ?
अचानक बाटोमा भूमरीले छोए जस्तो
अनायस आँखामा कुहिरो लागे जस्तो
पाईलाहरूले हिमशिखर टेक्न खोज्छु
किन मेरो खुट्टाहरू लरबरी दिन्छ ?
सफलताको गन्तव्यमा पुग्न खोज्छु
किन मेरो कदमहरू रोकी दिन्छ?
अतित सुब्बा
झापा
“भू-कम्प”
तिमि निर्दयी भू-कम्प !
किन आयौ यो मानव बस्तीमा
यहाँ केवल हामी मानवहरु छटपट्टिएका थियौं,
तिमि स्वार्थी भू-कम्प !
किन लग्यौ त्यो निर्दोस मानिसको चोला
यहाँ कति मानवको घर आँगनमा आँशुको भेल बगे होला,
तिमि पापी भू-कम्प !
आयौ बहुलाएर यो सुन्दर धर्तीमा
लियेउ कयौंको ज्यान पहाड अनि पर्खाल हरुमा,
टूटायौ फुटायौ हजारौंको घर अनि बस्तीहरु
तिमि अन्धो भू-कम्प !
न त गर्भवती नै देखेउ न त सुत्केरी चोला
न त नाबालक देखेउ न त बृद्ध चोला ,
सबै लाई लड़ायौ,कुल्चेउ, अनि थिचेउ
तिमि कस्तो पापी भू-कम्प होला ??
अतित सुब्बा
झापा
बुद्ध एयर
हाम्रो प्यारो बुद्ध एयर तिम्रो रफ्तार त मान्नै पर्छ,,
भगवान भनौं या मुर्ति तिमीलाई त पुज्नै पर्छ,
हावा संगै आकाशमा उड्ने तिमि बुद्ध एयर,
तिमि कति रमाएको थियौ होला,
हामी सबैको भरिया बन्ने तिमि बुद्ध एयर,
तिमि कति थाकेको थियौ होला,
झरी बर्षा केहि नभनी तिमि बुद्ध एयर,,
एकै छिन रमाएर आकाशमा उडी दिन्थ्यौ,
हामी सबै मानव लाई तिमि बुद्ध एयर,
कति धेरै आनन्द मिलाई दिन्थ्यौ,
आकाशको त्यो कुहिरो छेंडी तिमि बुद्ध एयर,
हिम शिखर चुम्न खोजि रहन्थ्यौ,
सायद धेरै थाकाईले होला तिमि बुद्ध एयर,
थाहा नपाई एकान्त डांडामा भारी बिसाई दियौ,
थकाई मेट्न सुस्केरा मार्दै थियौ तिमि बुद्ध एयर,
