Skip to content

अतित सुब्बा लिङ्देन

जन्मभूमि नेपाल रुँदा

जन्मभूमि नेपाल रुँदा मेरो पनी मन रुन्छ ।
बिहानीको किरणसँगै डाँडा पाखा बन रुन्छ।।

लड्दैछ रे हेरन आफै दाजु भाई जताततै ।
बौलाएको जनता देखी देश अझै झन रुन्छ ।।

एक्लो एक्लो महसुस

एक्लो एक्लो महसुस हुँदैछ जिन्दगी
भित्र-भित्रै किन मन रुँदैछ जिन्दगी

आफ्नो भाग्य खोज्दै हिँडे भेट्ने दिन गनी
अनन्तको यात्रा संगै घुम्दैछ जिन्दगी

छुटिएको दिन सम्झी आँशु झारी रुन्छौ तिमि !

छुटिएको दिन सम्झी आँशु झारी रुन्छौ तिमि !
हिजोआज भेट नहुँदा अर्कै जाल बुन्छौ तिमि !!

डाँडा काँडा लेक बेस्सी गर्दै गाउँ घरको खेत !
मेलापात गर्दा उतै कोठेबारी खुन्छौ तिमि !!

खडेरीमा घामले पोल्दा चैतको झैं लाग्थ्यो !
पसिनाले ज्यान भिज्दा लप्त हुन्छौ तिमि !!

प्रदेशको कमाई सबै तिमिलाई पठाई दिन्छु !
पैसा हात लागे पछी माला सरी गुन्छौ तिमि !!

दुख गर्दै बिदेशमा चोखो मनले बाँचेको छु !
बाहिरी चर्चा चल्यो भन्दै अर्कै सुन्छौ तिमि !!

अतित सुब्बा
झापा

गरेका थियौ बाचाहरू कसम तिम्रै हुन्छु भनी

गरेका थियौ बाचाहरू कसम तिम्रै हुन्छु भनी
जोडेका थियौ नाताहरू साथ छोडे रुन्छु भनी

सजायौ तिम्रो मुटु भित्र जुनी भर जिउँला भन्दै
चोखो प्रेम गरी दिए प्रीतको माला बुन्छु भनी

जीवन सुखी बनाउन नौलो प्रेमी पात्र रोज्यौ अरे

जीवन सुखी बनाउन नौलो प्रेमी पात्र रोज्यौ अरे
बाचा कसम सबै तोडी पराईको डोली चढ्यौ अरे

डाँडापारि भए पनि लाखौं माया गरेकै थिएँ
अन्तै माया जालमा परी सिउँदो तिमीले भर्यौ अरे

झुमिदेऊ शराबी नशामा

झुमिदेऊ शराबी नशामा, भोको छ प्यासी यी बदनहरू
चुमिदेऊ मेरो अंग अंगमा, नशालु छ मेरा यी ओठहरू

धकधकाउँछ मेरा धड्कन तिमीलाई देखेसि
सलबलाउँछ मेरा हातहरू तिमीलाई भेटेसि
बनाउँ यो रंगिन साँझ मेटाऊँ हाम्रो प्यासहरू
चुमिदेऊ मेरो अंग अंगमा, नशालु छ मेरा यी ओठहरू,

आफ्नै भाग्य कोर्न मैले, धेरै संघर्ष गरे थें

आफ्नै भाग्य कोर्न मैले, धेरै संघर्ष गरे थें
आफ्नै वर्तमान हेर्न मैले, धेरै जंघार तरे थें !

कहाँ भेटौं जिन्दगीको अर्थ, उपनाम दिनलाई
हजारौंको भिड माझमा, अलमल्ल परे थें !

छाती भित्र लुकाई हिंडे, आफ्नै दुख मेट्नलाई
अर्थ बिहिन जिन्दगीमा, लाखौं प्रयास गरे थें !

लाखौं पाईला चाले मैले, अनगिन्ति यात्रा गर्नलाई
उजाड जिन्दगीको अर्थ देखि, अनायसै टारे थें !

अस्ताएको घाम झैं जिन्दगीमा अब के रह्यो गर्नलाई
भाग्य रेखा कोर्दा कोर्दै, सुन्यतामा सारे थें !

अतित सुब्बा
झापा

सम्झनाको रहरहरु लुकाई हिंडे छाती भित्र भित्रै

सम्झनाको रहरहरु लुकाई हिंडे छाती भित्र भित्रै
ढुकढुकीको ज्वालाहरु आगो बनि सल्की दियो

गारो रैछ जीवन यात्रा ठेस लाग्छ हिड्दा हिड्दै
भेटि उनलाई चुमौं भन्थे पाईला मेरो अल्झी दियो

पहिलो थियो चाहा मेरो हात थामी साथ मांगे सधै
जाली मनलाई बुनौं भन्थें व्यथा मेरो बल्झी दियो

मिलनको यो गीतहरु गुनगुनाए मन भित्र भित्रै
कोरिएको यो प्रितहरु आँशु बनि छल्की दियो

अतित सुब्बा
झापा

माया तिमीलाई गर्दा गर्दै रित्तिएछ भण्डार पनि

माया तिमीलाई गर्दा गर्दै रित्तिएछ भण्डार पनि
साथ तिमीलाई दिंदा दिंदै सकिएछ आधार पनि,

मिलन हो कि बिछोड हो बुझ्नै गारो भो मलाई
बर्षौं तिमीलाई कुर्दा कुर्दै नाघिएछ संघार पनि,

कहिलेकाहीँ बिपनीमा आफैँ तडपिन्छु

कहिलेकाहीँ बिपनीमा आफैँ तडपिन्छु,
कहिलेकाहीँ निदरीमा आफैँ झुलिन्छु!
तर कहाँ रहेछ त्यो चोखो तिम्रो मुटु,

मन्दिर झैं स्वच्छ तिम्रो मुटु ठान्थें सधैँ,
पुजारी भै मनभित्र तिम्रै पूजा गर्थें सधैँ!
तर कहाँ रहेछ त्यो चोखो तिम्रो मुटु,
कहिलेकाहीँ बिपनीमा आफैँ तडपिन्छु

भित्रि मनको रेशाबाट केही कोरुँ भन्छु

भित्री मनको रेशाबाट केही कोरूँ भन्छु
किन मेरो कलमहरू सुस्त हुदै छ ?

मुटुको खाली पाना भित्र केही भरूँ भन्छु
किन मरो हातहरू थरथर काप्दै छ ?

अचानक बाटोमा भूमरीले छोए जस्तो
अनायस आँखामा कुहिरो लागे जस्तो

पाईलाहरूले हिमशिखर टेक्न खोज्छु
किन मेरो खुट्टाहरू लरबरी दिन्छ ?

सफलताको गन्तव्यमा पुग्न खोज्छु
किन मेरो कदमहरू रोकी दिन्छ?

अतित सुब्बा
झापा

किन दियौ जन्म मलाई

दुख लाग्थ्यो भने मेरी आमा, किन दियौ जन्म मलाई
सम्झाई दिनु मेरो बाबा अब नरोऊ भनी आमालाई
बिदा दिनु बाबा मलाई, आमा अब नरोई दिनु
फर्की आउछु एक दिन फेरि, मलाई सम्झी बसी दिनु

“भू-कम्प”

तिमि निर्दयी भू-कम्प !
किन आयौ यो मानव बस्तीमा
यहाँ केवल हामी मानवहरु छटपट्टिएका थियौं,
तिमि स्वार्थी भू-कम्प !
किन लग्यौ त्यो निर्दोस मानिसको चोला
यहाँ कति मानवको घर आँगनमा आँशुको भेल बगे होला,
तिमि पापी भू-कम्प !
आयौ बहुलाएर यो सुन्दर धर्तीमा
लियेउ कयौंको ज्यान पहाड अनि पर्खाल हरुमा,
टूटायौ फुटायौ हजारौंको घर अनि बस्तीहरु
तिमि अन्धो भू-कम्प !
न त गर्भवती नै देखेउ न त सुत्केरी चोला
न त नाबालक देखेउ न त बृद्ध चोला ,
सबै लाई लड़ायौ,कुल्चेउ, अनि थिचेउ
तिमि कस्तो पापी भू-कम्प होला ??

अतित सुब्बा
झापा

बुद्ध एयर

हाम्रो प्यारो बुद्ध एयर तिम्रो रफ्तार त मान्नै पर्छ,,
भगवान भनौं या मुर्ति तिमीलाई त पुज्नै पर्छ,
हावा संगै आकाशमा उड्ने तिमि बुद्ध एयर,
तिमि कति रमाएको थियौ होला,
हामी सबैको भरिया बन्ने तिमि बुद्ध एयर,
तिमि कति थाकेको थियौ होला,
झरी बर्षा केहि नभनी तिमि बुद्ध एयर,,
एकै छिन रमाएर आकाशमा उडी दिन्थ्यौ,
हामी सबै मानव लाई तिमि बुद्ध एयर,
कति धेरै आनन्द मिलाई दिन्थ्यौ,
आकाशको त्यो कुहिरो छेंडी तिमि बुद्ध एयर,
हिम शिखर चुम्न खोजि रहन्थ्यौ,
सायद धेरै थाकाईले होला तिमि बुद्ध एयर,
थाहा नपाई एकान्त डांडामा भारी बिसाई दियौ,
थकाई मेट्न सुस्केरा मार्दै थियौ तिमि बुद्ध एयर,

पराई देशभन्दा प्यारो, आफ्नै देश प्यारो हुन्छ

पराई देशभन्दा प्यारो, आफ्नै देश प्यारो हुन्छ
फर्की आऊ है आफ्नै गाउँ, पराई देशभन्दा प्यारो

सुन्दर सपना बोकी तिमी, गएका थियौ पराई देश,
केही छिनको रमझममा परी, नभुल है आफ्नो प्यारो देश,
साथी संगी मिली फेरि, गरौंला है आफ्नै रङ्ग भेस,
पराई देशभन्दा प्यारो