Skip to content

दिनेश न्यौपाने

DineshNeupane-02

तिमीसँग दाँज्ने

तिमीसँग दाँज्ने अर्को सुःख भेट्दिन
तिमीलाई घृणा गर्नुको कुनै तुक् भेट्दिन
हो आमा तिमी भए संसार भुलिदिन्छु
तिम्रो काखमा बेरिँदा अर्को कुनै दुःख भेट्दिन ।

दिनेश न्यौपाने
दाङ

विरामी मान्छे

  • by

पुस कटेर के भयो त,
खुसी रोपेर आँशु फलाउने खडेरीहरू,
राँको बालेर तोरी फुलाउने बर्षाहरू
र टमाटरको बोटमा खुर्सानी फल्ने
दिनहरू बाँकी नै छन ।
खरानी घसे पनि,
अँध्यारो गुफाको मान्छे अँध्यारै हुन्छ
तर टमाटरको बोटमा खुर्सानी फले जस्तो
चहकिलो, उज्यालो दिन ढलेजस्तो
नमिठो छैन बिरामी मान्छे
छ त केवल आशिलो मन बोकेको ।

गाडावाल

  • by

मेरा अघिल्तिरबाट एउटा मान्छे गयोस
मलाई लागिरहेछ
धर्तिको चरम पीडाबोध गरेको
एउटा व्यथा गयो,
पातलो च्यादरले छोपीएर
आफ्नो करुण अनुहारमाथि
पसिनाका नूनिलो बस्ती बसाएर
लाग्दैछ, सारा नेपालीको विवशता गयो,

DineshNeupane

गल्लीले मलाई धोका दियो

मैले त्यहाँको माटो चिनेको छु
म गहन पीडाले छटपटाउँदा
उफ्रिँदै त्यहि माटो चुम्न पुगेको थिएँ
रगतले रंगिएको शरीर लिएर
सेता कागहरुलाई सलाम ठोक्न
आशिलो मन लिएर
मैले त्यो माटो
नबुझ्दा नबुझ्दै बुझेको थिएँ ।