मैले त्यहाँको माटो चिनेको छु
म गहन पीडाले छटपटाउँदा
उफ्रिँदै त्यहि माटो चुम्न पुगेको थिएँ
रगतले रंगिएको शरीर लिएर
सेता कागहरुलाई सलाम ठोक्न
आशिलो मन लिएर
मैले त्यो माटो
नबुझ्दा नबुझ्दै बुझेको थिएँ ।
त्यो माटोलाई कयौँले कुल्चेका हुन्
र त्यो थुप्रैलाई धोका दिएको हो ।
तर उसको कालो इतिहासलाई
गन्हाउने रगतमा मुछेर मिल्काइदिएँ
र नयाँ मित्रताको सुरुवात गरेँ
आलो रगतको साइनोले ।
मेरो विवश–
उसले मलाई धोका दिँदैन
त्यो गल्ली; त्यो माटो
रोयो मेरो पीडा सुनेर
साथ दियो सपना बुन्दा
र उद्घोष गर्यो
परिवर्तनका लागि साथ दिने
मैले उस्लाई भिजाएँ तात्तातो रगतले
तर मेरो सपना सधैँ थोत्रो नै रह्यो
आज फेरि गल्लीले मलाई धोका दियो ।
दिनेश न्यौपाने
दाङ

Awesome !!
Awesome !!