Skip to content

दलबीर सिंह बराइली 'घायल'

DalbirSinghBarailiGhayal-02

सुवास् सबै रित्तिएको फूलमा पर्‍यौ तिमी

सुवास् सबै रित्तिएको फूलमा पर्‍यौ तिमी
सबै भन्छन् कसरी यो भुलमा पर्‍यौ तिमी

जिन्दगीको लक्ष्य चुम्न पुग्नै पर्थ्यो पारी
कठैबरा ! भत्किएको पुलमा पर्‍यौ तिमी

DalbirSinghBarailiGhayal

तिम्रो रुपमा भुतुक्क भै

तिम्रो रुपमा भुतुक्क भै मरे मर्छन् अरु
मुटु साटौ जति छक्क परे पर्छन् अरु

सुकोमल त्यो एकै फूल ठाने मैले मेरै
लाखौँ फूल चाहिन्न भो चरे चर्छन् अरु

पराईको के काम भो

आफ्नैले त बिर्सी दिए पराईको के काम भो
तिमीले न जित्यौ मेरो हराईको के काम भो

तिम्रै लागि आगोमाथि जल्दा-जल्दै थोत्रिएँ म
आज हेर चुहिने यो कराईको के काम भो