तिम्रो रुपमा भुतुक्क भै मरे मर्छन् अरु
मुटु साटौ जति छक्क परे पर्छन् अरु
सुकोमल त्यो एकै फूल ठाने मैले मेरै
लाखौँ फूल चाहिन्न भो चरे चर्छन् अरु
मुस्कानको जादु कस्तो लट्ठ परें म त
लठ्ठिदा म सक्दो बिष भरे भर्छन् अरु
बादल झैं केशभित्र लुकामारी खेल्छु
माया गर्दा जति डाह गरे गर्छन् अरु
‘घायल’को जिन्दगीमा खुशी दियौ यस्तो
चाहिन्न भो सयौं परी झरे झर्छन् अरु
गुप्तेश्वर-३, रामेछाप
हाल: अबुधाबी, युएई
