Skip to content

सुवास् सबै रित्तिएको फूलमा पर्‍यौ तिमी

DalbirSinghBarailiGhayal-02


सुवास् सबै रित्तिएको फूलमा पर्‍यौ तिमी
सबै भन्छन् कसरी यो भुलमा पर्‍यौ तिमी

जिन्दगीको लक्ष्य चुम्न पुग्नै पर्थ्यो पारी
कठैबरा ! भत्किएको पुलमा पर्‍यौ तिमी

जोखिनेछन् तिम्रा इच्छा बेचिनेछन् त्यही
कसाईको खसिसँगै हुलमा पर्‍यौ तिमी

सिरानी मै तलाउ भै डुब्छन् खुशी तिम्रा
आँखाबाट उर्ली आउने मुलमा पर्‍यौ तिमी

आफैलाई सम्हाल्नु है’घायल’भयौ आज
फूलभित्र लुकाएको शूलमा पर्‍यौ तिमी

दलबीर सिंह बराइली ‘घायल’
गुप्तेश्वर-३, रामेछाप
हाल:अबुधाबी, युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *