भोजराज न्यौपाने
ट्राफिक आइलैण्डकी युवती
‘बाटोमा तँ बस्ने कि मान्छे हिँड्ने – नजिकैको ट्राफिक पुलिसले छेवैमा आएर हकार्यो । झुत्रो पछ्यौराले मुख लुकाउँदै ऊ चुपचाप एक्लै डल्लो परेर बसी । पुलिसले फेरि भन्यो – ए अझै उता जान्नस् – उसलाई पुलिसको भद्दा बोली सुनेर निकै रिस उठेको थियो । तैपनि ऊ चुप लागी । जुरुक्क उठी र अघि बढ्न खोजी तर हिँड्न सक्ने अवस्थामा थिइन ऊ । लुगलुग कामी । पुस महिनाको चीसो, रातभरि सडकको पेटीमा बसेकी उसलाई न्यानोको कुनै अनुभूति थिएन । त्यसैले ऊ पुन नजिकैको ट्राफिक आइलैण्डमा टुसुक्क बसी ।
मृत्युको मूल्य
“आमा हाम्रो भाइ खोइ -” चार वर्षमात्र टेकेकी ममता अस्पतालको शय्यामा बर्बराउ“दै थिई । “बाबा बसमा के भयो – किन सबै जना रोएको -” घरिघरि बेहोस ह“ुदै ब्यू“भि“mदै गरेकी उसलाई स“गै यात्रा गरेका बुबाआमा र भाइको मृत्यु भैसकेको थाहा थिएन ।
उनीहरू चढेको बस जिरीबाट हि“डेको केही समयमै मैनापोखरीको दोहोरो भिडन्तमा पर्यो । निमोनियाले सिकिस्त भएको छोराको उपचार गर्न काठमाडौ“ हि“डेको प्रेमको परिवार त्यही भिडन्तमा परेको थियो ।
गुलाब, आँसु र खरानी
“मलाई जिन्दगी साह्रै पट्यारलाग्दो लाग्दैछ । मैले जीवनमा स्वतन्त्रताको उपभोग त गरे“ तर मृत्युको उपभोग किन गर्न सकिन“ – के मृत्यु वरण गर्न पाउनु मेरो स्वतन्त्रता होइन – भन त, मृत्यु मेरो वशमा छैन -” ऊ भावुक बन्दै गई ।
“तिमीले भनेजस्तै सबैको मृत्यु-इच्छाले स्वतन्त्रता पाउने भए समाजको स्वरूप अराजक बन्ने थियो,” मैले उसलाई सम्झाउने प्रयास गर्दै भने“, “प्रकृतिमा कुनै पनि जीव आफ्नो चाहनामा मर्न पाएको तिमीले देखेकी छौ -”
