Skip to content

“आमा हाम्रो भाइ खोइ -” चार वर्षमात्र टेकेकी ममता अस्पतालको शय्यामा बर्बराउ“दै थिई । “बाबा बसमा के भयो – किन सबै जना रोएको -” घरिघरि बेहोस ह“ुदै ब्यू“भि“mदै गरेकी उसलाई स“गै यात्रा गरेका बुबाआमा र भाइको मृत्यु भैसकेको थाहा थिएन ।

उनीहरू चढेको बस जिरीबाट हि“डेको केही समयमै मैनापोखरीको दोहोरो भिडन्तमा पर्‍यो । निमोनियाले सिकिस्त भएको छोराको उपचार गर्न काठमाडौ“ हि“डेको प्रेमको परिवार त्यही भिडन्तमा परेको थियो ।

घटनामा ममताकी आमा प्रतिमा र उसको दूधे भाइ विवेकसहित आधा दर्जन यात्रुले अनाहकमा ज्यान गुमाएका थिए । ऊ र उसको बुवा प्रेमसहित सबैजसो यात्रु सख्त घाइते भएका थिए, घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक थियो ।

कल्पनै नगरेको घटनामा गाउ“भरिको सहयोगी प्रेमप्रसाद दाहालको परिवार परेपछि रामेछापको ठोसे बजारमा अन्धकार छायो । अति निम्नवर्गीय परिवारमा भएको यो कहालीलाग्दो घटनालाई सञ्चारमाध्यमले प्रसारण गर्नासाथ रुवावासी र कोलाहल मच्चियो ।

प्रेमलाई गाउ“मा सबैले राम्रो मान्थे । कसैको कुभलो नचिताउने, सबैलाई सक्दो सहयोग गर्ने उसको स्वभावले ठूलासाना सबैको प्रिय बनेको थियो । भर्खर ३४ वर्षो उमेर भए पनि गरिबी र विपन्नताले ऊ पाको उमेरको जस्तो देखिन्थ्यो ।

आधा दर्जन सन्तान जन्मेर पनि नबा“चेपछि पीताम्बर दाहाललाई जीवनदेखि दिक्क लागेको थियो । तर, प्रेम एउटै सन्तान बा“चेपछि उनको खुसीको सीमा थिएन । बुढेसकालमा जन्मिएकाले होला, बाबुआमाको आज्ञाकारी थियो ऊ । धेरै पढाउने चाहना हु“दाहु“दै पनि पीताम्बरले उसलाई धेरै पढाउन सकेनन् । आठ कक्ष्ँासम्म पढेपछि खर्चको अभावमा पढ्नै छाडिदियो ।

रातदिन खेतीपातीमा जुटे पनि एकमुठी मीठो-मसिनो खाने मौका पीताम्बरलाई कहिल्यै मिलेन । उल्टै धम्कीको रोगले गर्दा अशक्त भएका उनी प्रेम २० वर्षो नपुग्दै सधै“लाई बिदा भए ।

बाबुको मृत्युपछि प्रेमको परिवारमा अन्धकार छायो । गाउ“मै मेलापात गरेर जीवन धान्दै आएको उसको परिवारलाई आफ्नो जग्गाजमिनले खान पुग्दैनथ्यो । धेरैपटक ऊ पनि साथीभाइस“गै कामको खोजीमा दार्जीलिङ जान खाज्यो तर बूढीआमा र लालाबाला छाडेर जान मन लागेन । “जेसुकै होस्, यही माटोमा पसिना बगाउ“छु, यही“ मर्छर्ुु उसले कामको खोजीमा विदेशिन सल्लाह दिनेहरूलाई भन्ने गरेको थियो ।

बिहे गरेको नौ वर्षछि मात्रै छोरी ममता र पछि छोरो विवेक जन्मिएका थिए, छोराछोरीको उपस्थितिले परिवारलाई खुसी तुल्याएको थियो । मान्छेहरू भन्थे, प्रेमको जस्तो मिहिनेती स्वभाव र सहयोगी व्यवहार ठोसेमा कसैको छैन । र्

भर्खरै दिन फिरेजस्तो उसलाई लागिरहेको थियो । तर, अचानक जन्मेको आठ महिनामा छोरालाई निमोनियाले सतायो । गाउ“बाट जिरी अस्पतालसम्म ल्याउ“दा पनि औषधिले छोएन । सानो बच्चा भएकाले उसको उपचार गर्न काठमाडौ“ लैजानु राम्रो हुने स्थानीय डाक्टरले सल्लाह दिए ।

“निमोनिया ब्रि्रेजस्तो छ, यहा“ उपकरणहरूको सुविधा केही छैन, तपाईंले बच्चालाई काठमाडा“ै नै लैजानुस्,” डाक्टरले सल्लाह दिए ।

“डाक्टर सा’ब मस“ग काठमाडौ“ लगेर उपचार गर्ने खर्च नै छैन,” उसले भन्यो ।

“बच्चा बचाउने भए चा“डै काठमाडौ“ पुर्‍याउनुहोस्,” डाक्टरले ठाडै भने ।

उसलाई एकैचोटि आकाशले थिचेजस्तो भयो । जिरीमा पनि उसका आफन्त कोही थिएनन् । बिलौना गर्दै सहयोग माग्यो । सबैको सहयोगले केही रुपिया“ जम्मा भयो । नपुग रुपिया“ काठमाडा“ैमा पनि जुटाउन सकिने सल्लाह स्थानीय दाताहरूले दिएपछि उसलाई अलिकति साहस मिल्यो ।

पैसाको जोहो त जसोतसो भयो तर एक सातादेखि अनिश्चितकालीन नाकाबन्दीले गर्दा यातायात सुचारु भएको थिएन । आफ्नो मुटुको टुक्राजस्तो छोरा बिरामीले छटपटि“दा पनि समयमै उपचार गराउन नपाउ“दा प्रेमदम्पतीका आ“खामा आ“सुको भेल बग्यो ।

देशभरिको अनिश्चितकालीन नाकाबन्दीले सबै सवारी साधनहरू जिरीमै रोकिएका थिए । चा“डोभन्दा चा“डो काठमाडौ“ पुग्नुपर्ने भए पनि उनीहरू तीन दिनदेखि जिरीमै अलपत्र परे । चौथो दिन नाकाबन्दी फिर्ता भएको समाचार रोडियोबाट सुने । सवारीसाधन चल्ने भएपछि उनीहरू बस चढ्न तम्सिए । बिरामी छोरालाई चा“डो डाक्टरकहा“ पुर्‍याउन उनीहरू आत्तिएका थिए ।

बसमा चढ्नै नसक्ने घुइ“चो थियो । बस गुडेको आधा घण्टा मात्र भएको थियो, बाटामा सुरक्षाकर्मीले बस रोके र चढे । खचाखच यात्रुले भरिएको बसको गति कम थियो । बल्लतल्ल बस मैनापोखरी पुग्न लागेको थियो । सडकमा ढुङ्गा थुपारिएको देखियो । बसमा चढेका सुरक्षाकर्मी चिच्याए, “ए बस रोक्, अगाडि एम्बुसजस्तो छ ।”

बस रोकियो । बसबाट सुरक्षाकर्मी ओर्लिएका मात्रै थिए, उनीहरूलाई निसाना बनाएर गोली चल्यो । सुरक्षाकर्मीस“ग फायरिङ् सुरु भयो । दुबै पक्षले बसलाई ढाल बनाएर गोली चलाए ।

बसकै आड लिएर दोहोरो फायरिङ् हु“दा बसका यात्रुहरूको सातोपुत्लो उडेको थियो । हर्ेदाहर्ेर्दै एकैछिनमा बस युद्धभूमिमा परिणत भयो । बसभित्रै रगतको खोलो बग्यो । यात्रुहरूको रुवावासी र कोलाहल खपिनसक्नुको भयो । भिडन्तका क्रममा जथाभावी गोली चल्दा प्रेम र छोरी ममता सख्त घाइते भए । उनीहरू घाइते भएको केही मिनेटमै प्रेमले आफ्नी जीवनसाथी प्रतिमा र काखको अवोध छोरालाई गुमाउनुपर्‍यो ।

एकैछिनमा उपचार त परै जाओस्, पानी पिउनसमेत नपाई प्रेमकी पत्नी र छोरा विवेकसहित छ जना यात्रुलेे बसेकै ठाउ“मा मृत्युवरण गर्न पुगे । बा“की यात्रु घाइते भएका थिए । उनीहरू कसैको पनि होस ठेगानमा थिएन ।

एक घण्टासम्मको भिडन्तपछि ब“चेका सुरक्षाकर्मी बसमा आए । घाइतेको उपचारका लागि अस्पताल पुर्‍याउन लागे । र, मृतकको सनाखत गर्न लागे । एकैछिनअघिसम्म छोराको उपचार गर्न हि“डेका परिवारका दर्ुइ सदस्यको ज्यानै गएको देखेपछि बा“चेका यात्रु पनि शोकमग्न देखिन्थे ।

स्थानीय बासिन्दाको सहयोगमा घाइतेलाई काठमाडौ“का अस्पतालमा पुर्‍याइयो । घाइते भएका प्रेम र उनकी छोरी ममताको उपचार भैरहेको थियो । भोलिपल्ट मात्रै उसको होस आयो । निकै लामो समयपछि डाक्टरले नै उसको पत्नी र छोराको मृत्यु भएको खबर सुनाए ।

प्रेम शोकमा डुब्यो । उसका जीवनका सारा खुसीहरू एकैचोटि दैवले चु“डिदियो । जीवनदेखि नै वाक्क लाग्यो उसलाई । ऊ पागलजस्तै भयो ।

भोलिपल्ट समाचारपत्रहरूमा सरकारले घटनामा मृत्यु हुने मृतकका परिवारलाई ५० हजार रुपिया“का दरले राहत दिने निर्ण्र्ाागरेको समाचार छापिएको थियो । भोलिपल्टै अस्पतालको बिच्छ्यौनामा उपचार गराइरहेको प्रेमलाई भेटेर सरकारका उच्च अधिकारीले राहतस्वरूप ५० हजार रुपिया“को चेक दिए ।

सधै“ अभाव र विपन्नता भोग्दै आएको प्रेमलाई यसअघि पैसा नै सबैभन्दा महत्त्वपर्ूण्ाजस्तो लाग्थ्यो । तर, किनकिन आज त्यही पैसादेखि उसलाई घृणा लाग्यो । जीवनमा सबैभन्दा दुःख ५० हजारको चेक समाउ“दा लाग्यो । बिरामी छोरालाई उपचार गराउन मागेरै सहयोग बटुलेको उसलाई पैसादेखि साहै्र घृणा लाग्यो ।

तामाको मुनाजस्तो छोरो र जीवनसाथीको मृत्युको आलो घाउ लागेको बेला उनीहरू नै नरहेपछि पैसाको कुनै काम देखेन उसले । उसलाई किनकिन त्यो पैसा पत्नी र छोराको ज्यानको बदलामा पाएजस्तो लाग्यो । अस्पतालको शय्यामा सुतिरह“दा पनि औडाहा भयो । खपिनसक्नु भयो । अचानक उसको स्वास्थ्य बिग्रियो । डाक्टरले उसलाई तत्कालै आईसीयूमा राखे । लगातार धेरै मिहिनेत गरे तर बचाउन भने सकेनन् ।

मृत्युपछि उसको शव बुझ्न गाउ“बाट उसकी बूढीआमा र आफन्त आए । अशक्त बूढीआमाको सबै सहारा भत्किसकेको थियो । चार वर्षी नातिनीको अस्पतालमा उपचार भैरहेको थियो । शवस“गै बूढीआमालाई प्रेमको साथैमा रहेको चेक दिइयो । जीवनभरि पैसाको अभावमा बा“चेकी उनलाई ५० हजार रुपिया“ त मिल्यो तर उनीस“ग न कुनै खुसी बा“की थियो, न त थिए प्राणभन्दा प्यारा छोरा, बुहारी र नाति – मात्र थियो, भयानक अन्धकार ।

नेपाल साप्ताहिक
अंक १३२

Leave a Reply

Your email address will not be published. Required fields are marked *