Skip to content

सनम गोले

हजुर

म त धेरै टाढा हजुर मलेशिय़ामा
दिन रात बित्छ हजुर उनकै य़ादमा!

के एल सि सि बेकार हजुर उनि नहुदा
भक्कानो मेरो फूट्छ हजुर सम्झि ल्य़ाँउदा !

धन कमाउन आएको हजुर ब्य़र्थै भो खेरा
अउनू पर्दो रहेछ हजुर भाग्य़मै लेखेर!

साथी भय़ो अहिले हजुर मदिराको प्य़ाला
दिन भरी काम हजुर पाइन्न राम्रो ज्य़ाला !

हुन्छ मलाई पछुतो हजुर ब्य़र्थै आइय़ो बिदेश
प्राण भन्दा प्य़ारो हजुर छोडी आफ्नै स्वदेश!

के कमी थीय़ो र?

के कमी थीय़ो र?
माय़ा मारी दिय़ौ!
अनाय़सै आँखाबाट
आँसु झारी दिय़ौ!
गरेकाति वाचा सबै
हावामा उडाईदिय़ौ!
सपनाको महल मेरो
क्षण भरमै भत्काई दिय़ौ!
य़ौवनको आबेगमा
अन्तै माय़ा लगाई दिय़ौ!
धोखा दिईतिमीले
जिउदै मलाई जलाई दिय़ौ!