sanamgole
उड्दैछु कताकता
चैटभाको चंगाझै हावामा उड्दैछु कताकता।
ब्रेकफैलभाको गाडीझैं गुड्दैछु कताकता।
आफ्नो देश छोडेर मरूभूमि आईयो हजुर
साथी संगी ईष्टमित्रसँग छुट्दैछु कताकता।
राम्रोखाने राम्रोलाउने सपना बोकेर आको
दुखपाएँ साह्रै गिट्टीरोडा चुट्दैछु कताकता।
ठुलोभाग खोज्न आउँदा दुख धेरै पाईयो
आफ्नै खुन,पसीना व्यर्थै लुटाउँदैछु कताकता।
आफ्नो देशमा रोजगारी नहुँदा म जस्तालाई
विदेशीको नोकरबन्न बाध्यभै जुट्दैछु कताकता।
सनम गोले
दामन मकावनपुर
हाल मलेशिया
माया तिम्रोयाद मुटुमा गडिरहेछ
चिसो मौसम कुहिरो उडिरहेछ
माया तिम्रोयाद मुटुमा गडिरहेछ
सुनगाभाझैं फक्रिएको त्यो जवानी
हुरी बतासझैं भयो मन बेईमानी
तिम्रै यादमा डुबी योमन डढिरहेछ
माया तिम्रोयाद मुटुमा गडिरहेछ
तिमीमेरो जीवनको मधुमास हौ
मैले लिने श्वासको त्यो सुभास हौ
तिम्रै तस्विर परेलीमा चढिरहेछ
माया तिम्रोयाद मुटुमा गडिरहेछ
चिसो मौसम कुहिरो उडिरहेछ
माया तिम्रोयाद मुटुमा गडिरहेछ
सनम गोले
दामन मकावनपुर
हाल मलेशिया
आँसु त्येसै बग्दोरहेछ मुटू जलेको बेलामा
वित्यो सारा जिन्दगीयो सडक बिच हेलामा
आँसु त्येसै बग्दोरहेछ मुटू जलेको बेलामा
जता जान्छु निराशाले पच्यौउँछ किन किन
जिन्दगीको सपनामेरो हुरीले लत्याउँछ किन किन
भाग्यलाई जित्न सकिन मैले जिन्दगीको खेलामा
आँसु त्येसै बग्दोरहेछ मुटू जलेको बेलामा
शिशीरयामको जाडोमा न्यानोघाम देखिन मैले
ग्रिष्मको गर्मीमा शितल छहारी भेटिन मैले
कति वसन्त ओईलाएर गए जिन्दगीको मेलामा
आँसु त्येसै बग्दो रहेछ मुटू जलेको बेलामा
वित्यो सारा जिन्दगीयो सडक बिच हेलामा
आँसु त्येसै बग्दोरहेछ मुटू जलेको बेलामा
सनम गोले
दामन मकावनपुर
हाल मलेशिया
कति प्रहरहरू जागेर बिते मेरा
कति प्रहरहरू जागेर बिते मेरा
कतिरहरहरू गुम्सेर बिते मेरा
धेरै धन कमाउने आशाहरू मा
कति शहरहरू घुमेर बिते मेरा
पानी सरी धेरै आँसु बगाएँ मैले
कति जहरहरू पिएर बिते मेरा
कल्पना आँउदा ती मिठा सपना
कति लहरहरू भुलेर बिते मेरा
वसन्तको हरियालीहरूमा पनि
कति बहारहरू सुकेर बिते मेरा
सनम गोले
दामन मकावनपुर
हाल मलेशिया
चिन्ता नलिनु व्यर्थ
तिमीले पनि बुझ्यौहोला टाढिनुको अर्थ सबैकुरा भुलीदिनु चिन्ता नलिनु व्यर्थ
वतासले हाँगालाछि फुल भुँइमा झर्दा
योमन पनि दुखी नै छ प्रिय टाढिनु पर्दा
समयकै दोषथियो हुन गयो एक अनर्थ
सबैकुरा भुलिदिनु चिन्ता नलिनु व्यर्थ
कहिले काही सम्झनाले छटपटीन्छु अत्ती
मायाँगर्थे तिमीलाई आफूभन्दा कत्ती
निष्कपट मायाहाम्रो थिएन काँहि स्वार्थ
सबैकुरा भुलिदिनु चिन्ता नलिनु व्यर्थ
तिमीले पनि बुझ्यौहोला टाढिनुको अर्थ
सबैकुरा भुलीदिनु चिन्ता नलिनु व्यर्थ
सनम गोले
दामन मकावनपुर
हाल मलेशिया
सोचे भन्दा सफल बन्नेछ यो वर्ष
सोचे भन्दा सफल बन्नेछ यो वर्ष
वसन्त जस्तो वहार भन्नेछ यो वर्ष
कठिन यात्राहरू सहज सहज बन्दै
सफलताको चुलिमा गन्नेछ यो वर्ष
जत्ती जे छन अबरूद्द पाटाहरू सबै
निकासको सहजबाटो खन्नेछ यो वर्ष
भ्रष्ट,असफल,दुराचारीमान्छे त्यागी
सफल,ईमान्दार मान्छे छान्नेछ यो वर्ष
वर्तमानबाट अग्रगामी कोल्टे फेर्दै अब
शताब्दीकै साच्चैउत्कृष्ट मान्नेछ यो वर्ष
सनम गोले
दामन मकावनपुर
हाल मलेशिया
तीन मुक्तक( निश्ठुरी बनि,मेरा भावनाहरू,जंघार यो तरे भने)
।१।
धेरै टाढा गयौ निश्ठुरी बनि ।
चुडि लग्यौ निर्दोश मुटू पनि ।
देवता सम्झि पुज्दै थिए पापी
तिमी त रहेछौ ज्यानमारा खुनि।
।२।
अबरूद्द भएकाछन मेरा भावनाहरू।
एकपछि अर्कोगर्दै टुटेकाछन चाहनाहरू।
हुरिआई उढाई लग्यो कता कता खै ….?
मेरा विपनामा बुनेका सारा सपनाहरू।
।३।
फर्की आउनेछु आमा जंघार यो तरे भने ।
आशिष पाईराखु केहि आपत परे भने ।
होमी रहेछु म जीवन जीउने संघर्षमा…..
आँसु नबगाउनु केहिगरी म मरे भने ।
सनम गोले
दामन मकावनपुर
हाल मलेशिया
कता कता हराउने मान्छे म
कता कता हराउने मान्छे म
आफैभित्र रमाउने मान्छे म
खै के के सोच्छु कुन्नि?? घरी
आफैमा बरबराउने मान्छे म
फगत अजीव मान्छे बनेछु कि
समाजलाई तर्साउने मान्छे म
कसरी भित्र भित्रै मैलिए छु ?
चारैतिर गनाउने मान्छे म
सा सानो केहि कुरा पाउनु हुन्न
ठुलो ठुलो कुरा बनाउने मान्छे म
सनम गोले
दामन मकावनपुर
हाल मलेशिया

कस्ले सुन्छ बुझ्छ खै कथा राजधानीको
मेरी मनकी रानी हौ तिमी