सनम गोले
~विध्यानाश~
तिमी अत्ति सुन्दरी छौ विध्यानाश
ढाँटेको हैन धरोधर्म विध्यानाश ।
जताततै तिम्रौ चर्चा हरेक साँझ साँझ
उर्वशी,मेनुका,रम्भाहौ तिमी विध्यानाश ।
सुभाष छरि मोहित पार्छौ दुनियाँ माँझ
फक्रिएको गुलाफहौ तिमी विध्यानाश ।
हरेक युवा मरिमेट्छन तिम्रौ निम्ति आजा
अमृत दिने मुहानहौ तिमी विध्यानाश ।
सनम गोले
मकवानपुर हाल मलेशिया
स्मृति
सम्झदै छु अतितमा बीताएका ति दिनहरू
अझै पनि ताजा नै छन रमाईला पलहरू
वर्षै बितेर गए तर बितेन कहिल्य़ै य़ादहरू
भरिएका छन य़ादै य़ादले स्मृतिका पानाहरू
सक्दिन च्य़ातन परेलीका ति तस्विरहरू
अनौठो व्य़था बनेर बल्झि रहन्छ सम्झनाहरू
मानसपटलमा कुंदिएका नमेटिने य़ात्राहरू
तृण्णा बनि छटपटाइ रहेछ अनगीन्ति चिजहरू।
सनम गोले
मकवानपुर हाल मलेशिया
छोडेर मलाई
दोबाटोमा छोडेर मलाई तिमी कुन संसारमा हरायौ
तिमीले दिएका चोटहरूले मलाई मर्नुन बाँच्नु बनायो
निश्चल मेरो मायालाइ तिमीले धुलोसंगै उडाइदियौ
बधाइ छ तिमीलाई के छ र अरू जिन्दगीनै डुबाईदियौ
तिमीले त भुलेर गयौ मैले त तिमीलाई भुल्न सकिएन
आलैछ घाउ मुटूमा मेरो पुराउन पनि सकिएन
साहार मेरो नशानै भयो त्येसैमा तिमीलाई पाउनथालेको छु
निभाउने मेरो कोही छैन याँहा भित्र भित्रै डढेलोले जलेकोछु।।
०६८ साल फाल्गुन २८
- « Previous
- 1
- 2
- 3
- 4
- Next »

कति जल्छौ जल्दै जाऊ