Skip to content

सनम गोले

जल्दै जाऊ

कति जल्छौ जल्दै जाऊ
ईर्ष्या अझ पाल्दै जाऊ ।

प्रगतिको पथ बढ्नेछन
दुबै खुट्टा तान्दै जाऊ ।

उज्यालो देख्छु अगाडि
ज्ञानको दीप बुझाई जाऊ ।

कस्तो यो प्रीत

समर्पित छ तिमीलाई मेरो यो गीत
तिम्रौ निम्ति बाँचौं लाग्ने कस्तो यो प्रीत ।

कुरा काटी हिँड्छन चोखो माया प्रेमको
देखी सहन्न समाजले हामी दुईको हित ।

भगाई लान्छु तिमीलाई मायालुको देश
तिर्नपरे ति र्छुबरू चलन चल्तीको रीत ।

~विध्यानाश~

तिमी अत्ति सुन्दरी छौ विध्यानाश
ढाँटेको हैन धरोधर्म विध्यानाश ।

जताततै तिम्रौ चर्चा हरेक साँझ साँझ
उर्वशी,मेनुका,रम्भाहौ तिमी विध्यानाश ।

सुभाष छरि मोहित पार्छौ दुनियाँ माँझ
फक्रिएको गुलाफहौ तिमी विध्यानाश ।

हरेक युवा मरिमेट्छन तिम्रौ निम्ति आजा
अमृत दिने मुहानहौ तिमी विध्यानाश ।

सनम गोले
मकवानपुर हाल मलेशिया

आँसु नबगाऊ

आँसु नबगाऊ आँसुको मुल्य चुकाउन सक्दिन
विवश यो जुनीमा तिमीलाई अप्नाउन पाउँदिन ।

चाहना मेरो हुदै होईन तिमीलाई रूवाउने
वाध्यता मेरो धेरै छन यहाँ पन्छाउन नमिल्ने ।

यस्तो पनि सहनु पर्दो रहेछ समयको खेलमा
दुई किनार भै बग्नु पर्दोरहेछ जीवनको भेलमा ।

मेरो यो यौवन

कताबाट उर्लिआयो मेरो यो यौवन
समाउँ समाउँ लाग्छ किन तिम्रो जोवन

नशालु त्यो आँखाभित्र डुबौँ डुबौँ लाग्ने
लालुपाते ओठतिम्रो चुमौ चुमौ लाग्ने

भोक प्यास निन्द्रासबै कता हरायो
पागलझै हुन्छु कहिले कस्तो गरायो

मेरो मान्छे भनी

तिमी जस्तो भेटिएन हजारौमा पनि
तिमीलाई नै रोजिसके मेरो मान्छे भनी

जिन्दगीको यात्रा मिठो तिमीसाथ हुँदा
विषै पनि अमृत हुन्छ तिमीले छुँदा

जति सुने सुनौँ लाग्ने तिम्रौ मधुर बोली
स्वागत छ तिमीलाई दिलको ढोका खोली

तिमीलाई

शीतल जूनको किरण तिमीलाई
मन्द मन्द चल्ने पवन तिमीलाई

सुन्दर खोलानाला हरियाली सबै
वसन्तबहार मधुमास तिमीलाई

निलो आकाशमा सधै चम्किरहने
घाम, जून, तारा ब्रम्हण्ड तिमीलाई

सर्माउँदै झुके

तिम्रो आँखामा हेर्न नसकी सर्माउँदै झुके
बोल्न नसकी तिमीसंग सर्माउँदै झुके ।

स्वर्गकी अप्सरा जस्ती बाँन्की जिउ डाल
नसकी बशमा राखन सर्माउँदै झुके ।

उसको लागि माया

उसको लागि खेल भो माया मेरो लागि जेल भो
जिन्दगी नै डुबाई दिने श्रावणको त्यो भेल भो

उसको लागि रात भो माया मेरो लागि घात भो
जिन्दगीनै डढाई दिने आगोको त्यो राप भो

स्मृति

सम्झदै छु अतितमा बीताएका ति दिनहरू
अझै पनि ताजा नै छन रमाईला पलहरू

वर्षै बितेर गए तर बितेन कहिल्य़ै य़ादहरू
भरिएका छन य़ादै य़ादले स्मृतिका पानाहरू

सक्दिन च्य़ातन परेलीका ति तस्विरहरू
अनौठो व्य़था बनेर बल्झि रहन्छ सम्झनाहरू

मानसपटलमा कुंदिएका नमेटिने य़ात्राहरू
तृण्णा बनि छटपटाइ रहेछ अनगीन्ति चिजहरू।

सनम गोले
मकवानपुर हाल मलेशिया

छोडेर मलाई

दोबाटोमा छोडेर मलाई तिमी कुन संसारमा हरायौ
तिमीले दिएका चोटहरूले मलाई मर्नुन बाँच्नु बनायो

निश्चल मेरो मायालाइ तिमीले धुलोसंगै उडाइदियौ
बधाइ छ तिमीलाई के छ र अरू जिन्दगीनै डुबाईदियौ

तिमीले त भुलेर गयौ मैले त तिमीलाई भुल्न सकिएन
आलैछ घाउ मुटूमा मेरो पुराउन पनि सकिएन

साहार मेरो नशानै भयो त्येसैमा तिमीलाई पाउनथालेको छु
निभाउने मेरो कोही छैन याँहा भित्र भित्रै डढेलोले जलेकोछु।।

०६८ साल फाल्गुन २८