बिहानीको मिरमिरेसँगै
घामको पहिलो किरणले
खुशीको सन्देश बोकी ल्यायो ।
निलो सफा आकासमा
स्वत्रन्त्र पंक्षी बनेर
मनका सारा उमंग
पोखु पोखु लाग्यो ।
क्षितिज पारीको
त्यो सेतो हिमालको छातीहरूमा
लुकामारी खेल्दै
छाँग छहरासँगै झर्न मन लाग्यो ।
सुस्त सूस्त चलेको
मंद मंन हावाको झोका बन्दै
प्रकृतिका सुन्दर छट्टा
सूनगाभा लालिगुराँस चम्पा अनि चमेलीलाई
चुमौ चुमौ लाग्यो ।
