Skip to content

सनम गोले

तीन मुक्तक (कालो बादलमा, संग्लो पानी, आफू रोएर)

(१)
कालो बादलमा चाँदीको घेरा हुन्छ रे
समयको सदुपयोग नगरे खेरा हुन्छ रे
असम्भवताको बिचमा पनि साँच्चै
सम्भवताको सुन्दर सुन्दर डेरा हुन्छ रे

तीन मुक्तक (बेइमान,मनलाग्यो,खोज्दै छु भाग्य)

।१।
जली रहेछ यो मन।
गली रहेछ यो तन।
यस्तै रहेछ जीवनमा
भाग्य भयो बेइमान ।
।२।

पल पल तिम्रो छेउ पर्न मन लाग्यो ।
झरणाझै केशबाट झर्न मन लग्यो ।
कस्कीछोरीहौ तिमी काँ होला ठेगाना
हुन्छ भने मायाप्रेमको बिउ छर्न मन लाग्यो।

।३।

विदेसमा बसी खोज्दै छु भाग्य ।
टुक्रिएको रहेछ जोड्दै छु भाग्य ।
भत… भत्ति पोल्ने ताप पचाएर
शितलताको मसीले कोर्दै छु भाग्य ।

सनम गोले
दामनम कावनपुर हाल मलेशिया

तिम्रौ प्यारमा मदहोशी भएँ

  • by

तिम्रौ प्यारमा मदहोशी भएँ ।
पीर चिन्ताले म रोगी भएँ ।

घरबार त्यागे तिम्रौ निम्ति
केही नभएको म जोगी भएँ ।

समाजबाट पुरस्कृत हैन
अपहेलित भै म दोषी भएँ ।

सहमति गर न नेता

कत्ति गर्छौ झगडा सहमति गर न नेता
सधैं नझिक बखडा सहमति गर न नेता

बिकासको निम्त राजनीति गरेको हौ भने
सबैलाई मान्य तगडा सहमति गर न नेता

को छन पराया यहाँ सबै आफ्ना आफ्नै हौँ
सुन्न नपरोस लफडा सहमति गर न नेता

कस्तो यो नियत (लघुकथा)

एकनासले पानी झमझम परीरहेको थियो ।
पानी परेकोले होला सायद, निकै मिठो निन्द्रा लागीरहेको थियो ।
उठ्न मन फिटिक्कै लागिरहेको थिएन ।
तर के गर्नु जसरी भएपनी उठ्नै छ …।
परदेशको ठाउँ फेरि डिउटी पनि त जानुछ ।

मन नलागि नलागी उठियो ।
बिहानीको कर्म गरेर म डिउटी जानाको लागि तयारी गर्दैथे ,बाहिरा पानी केहि थामीए जस्तो भयो ।
हाम्रो डिउटी बिहानीको८:३०मा शुरूहुन्थ्यो ।

कोठाबाट करीब २०,२५मिनेटको पैदल यात्रा तय गरेपछि हाम्रो कम्पनी आउँथ्यो ।
सबै साथीहरू डिउटीको लागि निस्कीसकेका थिए ।
म पनी डिउटी जाने तर्खरमा कोठाबाट निस्किए ।

सुन्य सुन्यताले छाउँदौछ मन किन

सुन्य सुन्यताले छाउँदौछ मन किन
जिउदो लाशझैं वेहोशीछ तन किन

सधैं हरियाली लागिरहने डाँडापाखा
आजा उदाश उदाश लाग्छ वन किन

गरिबको अस्थित्व नहुनेभो याहाँ
सबैलाई प्यारो लाग्छ धन किन

भाईचारा स्नेह सद्भाव केहिछैन
मानिस स्वार्थीस्वार्थी हुँदैछ झन किन

छोडेर आफ्नो कला संकृतीलाई हामी
नक्ल पार्दौ देखाउँछौ विदेशी पन किन

सनम गोले
दामन मकावनपुर हालम लेशिया

मन पर्यो

झुकेको त्यो नजर मन पर्यो
मिलेको त्यो अधर मन पर्यो

वसन्त झै हरियाली तिम्रो
लुकेको त्यो वहार मन पर्यो

झिलीमीली बत्ती चारैतिर
बलेको त्यो शहर मन पर्यो

आऊनु पर्छ

पारिलो घामबनेर तिमी आऊनु पर्छ ।
कालो अधेँरीरातमा दिप छाऊनु पर्छ ।

पिल्सिएका करोडौं मानिस छन याहाँ
मुक्ति दिलाई हर्षको गीत गाऊनु पर्छ ।

योदेशमा सोशक सामन्ती अझ्झै छन
राँकोबालि जुलूस नारा लाऊनु पर्छ ।

हुनेकोमात्र मनपरी तन्त्र हैन अब याहाँ
धनी गरीबले एउटै अधिकार पाऊनु पर्छ ।

जन्ताको बिरूद्द संझौता गर्नेहरूलाई अब
भण्डाफोर गरि सडक गल्ली ल्याउनु पर्छ ।

सनम गोले
मकवानपुर हाल मलेशिया

प्रत्येक रात सपनीमा

प्रत्येक रात सपनीमा आउने गर्छौ तिमी
म हिँड्ने बाटो सधैं धाउने गर्छौ तिमी

कम्बर मर्काई सुरिलो स्वरमा लठ्याउने
मायाप्रीतिका गीत गाउने गर्छौ तिमी

चट्ट राम्रो सुहाउने अप्सरा झैं लाग्ने
चौबन्दी चोली गुन्यु लाउने गर्छौ तिमी

टिप्न नखोज्नु तिमी हाँगाबाट झरिसके

टिप्न नखोज्नु तिमी हाँगाबाट झरिसके
उज्यालो नठान्नु अन्धकारमा फसिसके

आशा सबै निरासामा परिणत भो मेरो
सत्य नरोज्नु तिमी खरानी मैले धसिसके

जाँदैछु धेरै टाढा तिमीदेखि टाढा साथी
अब नभेट्नु लाग्छ दुनियाँबाट मासिसके

शंका नर्गनु छैन मेरो नेता खराब

शंका नर्गनु छैन मेरो नेता खराब ।
भन्नेलाई भन्न दिनु हाम्रो भेट खराब ।

कुनै पनि कुरा गहिरिएर बुझ्नु भन्छु
अनि भनेहुन्छ धुर्त रहेछौ चेत खराब ।

नर्गनु चियो चर्चो कहिले कसैको
अरूको गोप्य खोल्ने हुन्छ भेद खराब ।

निर्दोष प्राण लिएपछि

दु:ख दर्द सबै भाग्छ अलिकता पिएपछि ।
होसहवास सबै हराउँछ बेसुरामै जिएपछि ।

बिनाकसूर तिमीटाढ मैले के तेस्तो बिरायँ कि
छाडीगयौ तिम्ले किन चारैतिर खिएपछि ।

खाएका थियौं कसम धेरै देवीदेउता साँक्षीराखी
सुन्दर घर बसाँउछु भन्थ्यौ मैलेमाया दिएपछि ।

खेल्नु सम्म खेल्यौ तिम्ले लाचार शरिर माथि
सजिलै निस्कियौ तिमी मनको ढोका चिएपछि ।

मुटू माथि छुरा धस्यौ छिया छिया हुने गरी
बाँच्न अब असम्भबभो निर्दोश प्राण लिएपछि ।

सनम गोले
मकवानपुर हाल मलेशिया

हुन सक्छ देखावटी पन

आँखामा श्रावण कहिले सुकेन
वर्षिदिन्छ झम झम
मनको वह थामिएन कहिले
बढिदिन्छ किन हो झन झन ।

मानिस किन यत्तिधेरै स्वार्थी
किन मिल्दैन मान्छेको मन
बिकावटी भयो मानिस आज
पैसामा बेचीदिन्छ किन तन ।

किन रिसाकी

मबाट के भुल भयो तिम्लाई किन रिसाकी ।
आँखा तर्की हेर्छौ मलाई किन रिसाकी ।

तिमीले माग्छौभने प्राणनै दिनसक्छु म
सधैं सोच्छु तिम्रो भलाइ किन रिसाकी ।

चन्द्र जस्तो थियो मुहार बादलछायो किन
बोल्दै नबोली मुन्टो हल्लाई किन रिसाकी ।

खोज्नु मझेरीमा

हराएछु कतैभने खोज्नु मझेरीमा
सधै आउने गर्छु म भेट्न मझेरीमा

हामी सबैको भेट हुने साझा चौतारी यो
तिम्रो पनि केही भए साट्नु मझेरीमा

हजारौँ भेट्नेछौ सिर्जनशील हातहरू
आफ्नो मनको भावना पोख्नु मझेरीमा

पराया भएपछि

बोल्न काँह सक्छु र म
बिना कारण गाली गरेपछि ।
सहेरनै बस्नुपर्ने भो
आफ्नो ठान्थे पराया भएपछि ।

खाली लग्यो मनको कोठा
उनले भव्य महलमा सरेपछि ।
रोज्दा काँह पाईँदो रहेछ
उस्को दिलमा अरूनै बसेपछि ।