नमो नमः दोबारा
महामहिम नमोजीलाई दोबारा नमन् !
कौन बकम्फुस् भोर/सबेर काएँ–काएँ कराएर निंद हराम गर्दैछ नभनिबक्सेला। म उही हल्लूँड हुँ, पिछले बरस हजुरले संविधानसभामा बिन बजाउँदा हाम्रा नेतागणले नागिन डान्स गरेकोमा उदेकिंदै चिठ्ठी लिख्ने। आफूलाई सुपरहिट भुइँफुट्टा ठानेर ‘सिक्वेल’ लेख्न अधमरिलियौ? भन्दै रिसानी नहोला। मेरो तरफसे हिट/फ्लपमा कौनो दावी नाई। मलाई मालुमै छ कि हजुर यताको प्रमाण–पत्रलाई बाल दिबक्सन्न। हजुरको किमती ट्यामको महत्व सम्झ्ँदै फटाक् से मनको बात कहने अनुमति चाहन्छु।
