Skip to content

बिजे

जात

आफ्नाले त बिर्सि गएनी, याद आउँदो रैछ
भुलिएका तितामिठा ति, बात आउँदो रैछ

मनै ईश्वर बनि देह चलाउँछ मान्छेको
मनै भाँचिए पछि कालो, रात आउँदो रैछ

ओईलाउँछन आँखा सामु अजम्बरी फूल
जरै मरेपछि लाश सरि, पात आउँदो रैछ

किन पिउँछन मान्छेहरु, किन बन्छन दुखी
धोका पछि सबैलाई, पिउने मात आउँदो रैछ

गरेथ्यो “बिद्रोही”ले सुकोमल माया उनलाई
अझैपनि दुनियाँमा प्रेमघाती, जात आउँदो रैछ ।

आमा !

आमा!
आज म जहाँ छु,
पाईला जहाँ पुगेकाछन,
तिम्रो फराकिलो आशिर्बादका उपज हुन ।
म खुशी छु, जीवनलाई अगाडि बढाइरहेछु ।
तिम्रै सत्कर्मका फल हुन ।
तसर्थ,

शुभकामना !

ईजरायल भूमिको पहिलो पाईलासँगै यो भूमिमा मगमगाइरहेका नेपाली साहित्यिक र साँगितिक फूलहरू चुम्ने सुबर्ण मौका पाउँदै आएको छु । यसै क्रममा सांगितिक कोशेली “ईशारा” स्वयम रचयिता लक्ष्मी अनुरागीद्वारा प्राप्त गरेको थिएँ । आजसम्म बिबिध कारण मैले आफ्नो श्रोता हुनुको धर्म निभाउन नपाउँदा आफैलाई खल्लो लागिरहेको अवस्थामा आज दुई शब्द ढिलै भए नि शुभकामना बिस्तार गरिदिएँ ।

मैले तिम्रो “ईशारा”लाई बुझ्न सकिन पहिले
त्यही पल सम्झिएर मुटु दुख्छ अहिले ।

रुवाई

आँशु दिएर हाँसोमा रम्ने तिमी
एक्लै पारेर अर्काको पासोमा जम्ने तिमी
भरोसा तिमीले खेल्ने खेल हैन, बुझ्नु
खाल्डोमा मलाई जाकी अर्कै हात थाम्ने तिमी

भोजपुर नेपाल्
हाल इजरेल