Skip to content

श्रेष्ठ परिक्रमा

एक रात गजल भन्दै थिए

एक रात गजल भन्दै थिए अब गजल नलेख्नु है
सधैं आफ्नो बाटो हिँड्नु कहिल्यै मलाई नदेख्नु है ।

सम्झना गरी मेरो घरी–घरी मकहाँ धाएर
हेर! अब त तिमीले संघार मेरो नटेक्नु है ।

एकपल्ट छुटेको माया

एकपल्ट छुटेको माया भन्छन् पुनः फर्किदैन ।
बेमौसमको झरी पनि त्यसै–त्यसै दकिंदैन ।

सिउँदोमा सिन्दुर भरे पनि अर्कैको भैदिनेले
दोबाटोमा भेट हुँदा कसरी भन्नु तर्किंदैन ।

एकान्तमा हुन्छु म

एकान्तमा हुन्छु म तिम्रो सम्झनामा
रातभरि रुन्छु म तिम्रो सम्झनामा ।

जबदेखि तिमीले मलाई छोडेर गयौ
तिम्रै तस्वीर चुम्छु म तिम्रै सम्झनामा ।