Skip to content

एकान्तमा हुन्छु म


एकान्तमा हुन्छ म तिम्रो सम्झनामा
रातभरि रुन्छु म तिम्रो सम्झनामा ।

जबदेखि तिमीले मलाई छोडेर गयौ
तिम्रै तस्वीर चुम्छु म तिम्रै सम्झनामा ।

लामो समय बिते तर तिमी फर्किनौ
सम्झना सबै वुन्छु म तिम्रो सम्झनामा ।

गीत–गजल सुन्दा–सुन्दा धैर्य टुटेर
कान दुवै थुन्छु म तिम्रो सम्झनामा ।

जल्न खोज्दा यो मुटुको ताप सहन गर्न
तिम्रै यादले धुन्छु म तिम्रो सम्झनामा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *