Skip to content

एक्लो यो जीवन


एक्लो यो जीवन र हाय ! शुन्यताको रात
कसले बुझिदिने यो मन दुखेको वात ।

जसलाई यो हृदयमा सजाएको थिएँ मैले
उसले नै दिई यहाँ हरे ! कति ठूलो घात ।

स्वार्थी भैदिन्छ किन–कसरी आफ्नै मायालु
बुझेरै नसकिने भो कस्तो यो मायाको जात ।

कल्पनामै रमाउँछु आजकल, तर थाहा छैन
हुने हो कि हैन यो जीवनमा अब प्रेमको–वर्षात ।

अतित वल्झिंदा हिजो आज एकोहोरो पिइदिन्छु
प्रिय लाग्छ त केवल–उही मदिराको मात ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *