दुखे पनि नदुखे झैँ, गर्नु पर्या छ,
ओइलिएर फूल झैँ, झर्नु पर्या छ ।
खडेरीमा सुकिराछ, सुस्क जिन्दगी,
डढेलोमा जलिकन, मर्नु पर्या छ ।
साथ माग्न हात दिएँ, फालिदिएछौ,
निर्मल देख्थेँ म तर, जाली थिएछौ,
छोडिदियौ साथ नै, तिमी टाढा जाऊ,
नकोट्याऊ घरी घरी, मुटु पोल्ने घाऊ,
जीवनदेखि बसाइँ सर्नु पर्या छ ।