Skip to content

दुःख सुख मिलाएर, एकै भाग खाएकै हो


दुःख सुख मिलाएर, एकै भाग खाएकै हो,
कस्ले सक्छ हैन भन्न, चोखो प्रीति लाएकै हो ।

पूर्णिमाको जुन सरी, शितल ती छहारीमा,
हर पल हर क्षण, हृदयमा छाएकै हो ।

चखेवाको जोडि सरी, भन्ज्याङ्ग र चौतारीमा,
भारी मन बिसाउन, दिन रात धाएकै हो ।

हाँसी खेली खुसी भई, रमाएर उड्थ्याँ तिमी,
यति छोटो यात्राभरि, ख्याल मजा पाएकै हो ।

राजी खुसी भइकन, त्यागी मोह दुनियाको,
एउटै ओछ्यान सँगै, सुत्न तिमी आएकै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *