Skip to content


जीजिविषाका लहरमा कष्ट पाएँ,
दिन, रात र, पहरमा कष्ट पाएँ ।

क्लिष्ट जीवनको, इप्सा बचाउन,
पिहाले क्लान्त, कहरमा कष्ट पाएँ ।

छार बनेका, इच्छा ती अन्तस्थलका,
विहत तिनै, रहरमा कष्ट पाएँ ।

क्षत मनका, ज्वर मेट्ने मन्द नशा,
बिवशताका, जहरमा कष्ट पाएँ ।

जीवन धान्न, बेष्या गुण्डा बन्नु पर्ने,
कुलसित यी, सहरमा कष्ट पाएँ ।

पूर्वाञ्चल स्तरीय गजल प्रतियोगिता २०६७

Leave a Reply

Your email address will not be published. Required fields are marked *