Skip to content

समर्पित प्रकाश

गजल – आफ्ना

हुँदै हुदैनन् अाफ्ना, मुटु दिएपनि कोहि।
प्यारा निस्किन्छन, पराई सम्झिएपनि कोही।
.
यति दुर गएर बजारिन्छन, कुनै अनकन्टारमा
हाडमासु झैँ कुनैबेला टाँसिएपनि कोही ।
.
सबै उस्तै हुँदैनन् , स्वार्थी अनि अवशरबादी
छोड्दैनन् साथ, सबै आशा नासिएपनि कोही।
.
रहन्न रसिलो, सधैँभरि जिन्दगी यो
जता गुलियो उतैतिर तानिएपनि कोही ।
.
रहिरहन्छ रहरजस्तै, अव्यक्त अभिव्यक्ति
भन्दै भन्दैनन् मनमा माया, थिए पनि कोही ।

साथी र सपना

मन न हो कहिलेकाहीं कल्पनामा डुबिदिन्छ, कहिलेकाहीं भावनामा बगिदिन्छ, कहिलेकाहीं सोचमा उडिदिन्छ, यो परिवर्तनशील मन । त्यसैले होला यी सोच विचारहरू पनि परिवर्तन हुन्छन समयसँगै । मान्छेहरू पनि परिवर्तन हुन्छन समयसँगै आफ्नो रुप रंग आकार परिवर्तन भएसरी ।

त्यसैले मलाई दुख लाग्दैन जबसँगै विद्यालय जीवन पार गरेको मेरो साथीले मलाई वास्ता गर्दैन। हामी जति मिल्ने साथी थियौँ त्यत्तिकै झगडा पनि गर्थ्यौँ। खाली पिरयडमा ऊ मसँग निहुँ खोजिरहन्थ्यो र म कुनै प्रतिक्रिया जनाउदिनथेँ ।

बाँचेर देखाउनु छ

जिन्दगीले मलाई दुखी हुने
हजारौं कारण बतायो
मैले जिन्दगीलाई खुशी हुन
एउटा कारण बताउनु छ
बालक जस्तै पिर रहित
केवल एकदिन
मलाई बाँचेर देखाउनु छ।

सपनाहरू

ती विचारहरू,
जो मनमा प्रतिविम्बित हुन्छन्
र कहिल्यै हुँदैनन् पूरा
जतिपनि गरौँ कोसिस
तैपनिरहन्छन अधुरा
तिनै अर्थबिहीन सोचाइ
तिनै असम्भव बाँधहरू
तिनै अस्तित्व बिहीन चाहनाहरू
हो तिनैलाई भन्छौँ हामी सपनाहरू

अर्को दुनियाँबाट

एक दिन झरी परिरहेका बेला
मैले सम्झिएँ मेरी प्रिय सखा सर्वरीलाई
रूखका हरिया पातहरू निरन्तर
वर्षामा रमाइरहेका बेला
यौटा पत्र लेख्ने प्यास गर्दैछुँ
अर्कै दुनियाँमा रहेकी मेरी प्रिय सर्वरीलाई

पाइयोस

तिमी पनि तड्पीएको सुन्न पाइयोस
छटपटिमा जिएको सुन्न पाइयोस

अर्कै संग प्रेम, गर्छ रे तिम्रो प्रेमी
खबर उस्कै बिहेको सुन्न पाइयोस

एकदिन सारा संसार, जित्छुँ भन्ने तिमी
बाँच्न पनि आँत्तिएको सुन्न पाइयोस

हो तिमी, त्यहि गल्लिमा, त्यहि शहरमा
पागल बनि उँभिएको सुन्न पाइयोस

मेरो जस्तै जिउँदै मर्न, नपरोस तिमीलाइ
यादै यादमा बाँचिएको सुन्न पाइयोस

क्याम्पस पढ्दै गर्दाको सम्झना

म सम्झिन्छुँ तिँ दिनहरु, कक्षाको अन्तिममा बसेर
अगाडि बसेका साथीहरुलाई कागजको डल्लोले
हिर्काइरहेको, अनि कसरी बिर्सन सक्छुँ गुरुले
थाहा पाएर हामीलाई कक्षा बाहिर निकालिएको,
आदरणिय गुरु लय खतिवडा हुनुहुन्थ्यो उहाँ। आक्कल
झुक्कल आजभोली पनि भेट भैरहन्छ उहाँसंग।
कुरा कलेजको सुरुवात तिरको हो यानकि ठिक दुई बर्ष
पहिले, मैले किताब पनि किनेको थिईन त्यसबेला,
कलेजको तेस्रो या चौथो दिन थियो त्यो।
वास्तवमा मलाई पहिलो डेस्कमा नै बस्ने बानी भएर
हुनसक्छ, मेरो अन्तिममा बस्ने रुचि हराएको थियो त्यस
दिन। हामी भन्दा अगाडिका डेस्कहरु महिला मित्रहरुले
भरिएका थिए र म संग बसिरहेको थियो मेरो नवपरिचित

गजल

सायद यहि थियो तय, म हेर्दै छुँ
उफ यो गजबको समय, म हेर्दै छु

कोहि मित्र बनेर, कोहि प्रियसी भनेर
कति आए कति गए, म हेर्दै छु

म तिम्रै त हुँ, सातै जुनिसम्म
भन्ने पनि पराइ भए, म हेर्दै छुँ

मानौ यसरी कि, जिवन चलचित्र हो
आज यसकै आसय, म हेर्दै छुँ

मेरो दशैं केवल दशा, बनेर गयो
उनको तिहार मंगलमय, म हेर्दै छु

-समर्पित प्रकाश
टीकापूर बहुमुखी क्याम्पस
टीकापुर कैलाली

आगो पोल्दैन त्यति (मुक्तक)

नलाग्ला पत्यार आगो पोल्दैन त्यति
जति पोल्छ प्यार आगो पोल्दैन त्यति
सल्केपछि एकपल्ट निभ्दै निभ्दैन
त्यै त भन्दैछु यार आगो पोल्दैन त्यति