Skip to content

शिवप्रसाद सत्याल ‘पीठ’

कमला सरुप समालोचना केही अन्तरङ्ग टिप्पणी – सम्झनाका अनुभूतिहरू

‘रचनाकारका रुपमा मात्र परिचित नारीमुद्रा एकै पटक भौतिक रुपमा प्रकट हुँदा आश्चर्य लाग्यो, लेखनधर्मी अनुमान थियो, त्यो एकै पटक हराएर नयाँ अनुहार सामुन्ने छ र सम्झनाका अनुभूतिहरूको प्रसङ्ग चल्छ ।

स्थापनाकालदेखि नै आफू संलग्न रहेको संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट छापिने नयाँ पुस्तक भनेको स्वभावतः बढी जिज्ञासा भयो र संस्थाका संस्थापक अध्यक्ष उपन्यासकार होमनाथ सुवेदी, अध्यक्ष पूरु सुवेदीका मन्तव्यको अडकल काटेँ, तर मसँग भूमिका, मन्तव्य आदिको अपेक्षा नभई व्याकरणत्मक सम्पादनको अपेक्षा रहेछ, त्यो काम गर्न म राजी भएँ र गरेँ तापनि पाठकीय चेतले ठहर्याएका केही टिप्पणी पनि गर्दै गएँ । यहाँ त्यही टिप्पणीमध्ये केहीलाई एकत्र गरेर सानो लेखको बान्कीमा प्रस्तुत गरेको छु ।