‘रचनाकारका रुपमा मात्र परिचित नारीमुद्रा एकै पटक भौतिक रुपमा प्रकट हुँदा आश्चर्य लाग्यो, लेखनधर्मी अनुमान थियो, त्यो एकै पटक हराएर नयाँ अनुहार सामुन्ने छ र सम्झनाका अनुभूतिहरूको प्रसङ्ग चल्छ ।
स्थापनाकालदेखि नै आफू संलग्न रहेको संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट छापिने नयाँ पुस्तक भनेको स्वभावतः बढी जिज्ञासा भयो र संस्थाका संस्थापक अध्यक्ष उपन्यासकार होमनाथ सुवेदी, अध्यक्ष पूरु सुवेदीका मन्तव्यको अडकल काटेँ, तर मसँग भूमिका, मन्तव्य आदिको अपेक्षा नभई व्याकरणत्मक सम्पादनको अपेक्षा रहेछ, त्यो काम गर्न म राजी भएँ र गरेँ तापनि पाठकीय चेतले ठहर्याएका केही टिप्पणी पनि गर्दै गएँ । यहाँ त्यही टिप्पणीमध्ये केहीलाई एकत्र गरेर सानो लेखको बान्कीमा प्रस्तुत गरेको छु ।
१. सङ्ग्रहको पहिलो कथा ‘सम्बन्धमा बाँच्न सकिँदैन’ माथि सबै अनुच्छेदमा पाठकीय टिप्पणी –
(क) अज्ञात कारणले अपरिचितसँग बाह्य सम्बन्ध स्थापित गदैँ र त्यसैलाई प्रेम भन्ने द्धिविधा पाल्ने सानो घटनापछि विरक्त हुने कमजोर सम्बन्धसूत्रको भौतिक विवरण यस कथाले दियो ।
(ख) यस कथामा भावको आँशिक पुनरुक्ति छ, आधुनिक शिक्षितमा विद्युतीय झट्का र क्षिप्रता हुनुपर्दछ, पदयात्रीको विलम्ब हुन मिल्दैन तर यस कथामा भने क्षिप्रता छैन ।
(ग) अँध्यारो आफैलाई खुला ठाउँमा लुकाउने प्रतिक हो, यसले भविष्यप्रति, सम्भावनाप्रति आशावादी हुने बाटोमा पनि मूर्त विशेषता बन्यो । अँध्यारोले त्यही काम गरेको छ ।
(घ) काँचो गौवनका साधारण क्रिया– विकासजस्तो देखिए कलापको पुनरुक्तिपूर्ण भावुक वर्णन कथामा छ । मनोविज्ञान र बौद्धिकताभन्दा पनि कथामा तरङ्ग पैदा नगरी एक केन्द्रमा यन्त्रवत् अडेको अड्यै छ, कथा आफैँ विकसित हुदैन । नसरेको कथालाई तान्दा पर्याप्त कुतूहलकारी हुन सकेन र वस्तु–विश्लेषण गर्ने आयामिक अनेकता पनि घटना र पात्रले प्रदर्शित गर्न सकेनन् ।
(ङ) अज्ञात कारणले अपरिचितसँग बाह्य सम्बन्ध स्थापिक गर्ने र त्यसैलाई ‘प्रेम’ भने द्धिविधा पाल्ने तर सानो घटनापछि विरक्त हुने कमजोर सम्बन्धसुत्रको मौलिक विवरण नेपाली कथाका पाठकलाई नौलो र रुचिकर हुन सक्तछ ।
२. सङग्रहको दोस्रो कथा ‘सान्दाइको सम्झनामा’का सम्बन्धमा पाण्डुलिपि पढ्दा गरिएका टिप्पणी निम्नानुसार रहेछन्–
(क) देशको बिग्रँदो शान्तिसुरक्षाको परिणाम जनसाधरणको जीवन, धनको असुरक्षा, निष्कारण/अकारण मृत्यु र मानवीय संवेदनाको अत्यासलाग्दो पतन यस कथामा सन्देशका रुपमा परेको छन् । कथामा तुलनात्मक तीव्रता छ । यस कथाले प्रस्तुतिको सीमालाई तिक्खर बनाएको छ ।
३. तेस्रो कथा ‘पातलीको माया’मा टिप्पणी परेका रहेछन् –
(क) आर्थिक पीडाले कथानायकको सपना साकार हुन नसकेको प्रेमको शैलीमा सनातनता छ । ग्रामीण परिवेश, पात्र, प्राथमिकता र मनोभावनाको भने दुरुस्तै चित्रण, शैलीमा पात्रोचित छाँट मिलाउने भोटेताल्चा मारिदिन्छ । कथामा वर्णित
(ख) सहज पनि वस्तु अडेको छ, स्थिर छ, प्रेमको गति जहाँको त्यहीँ छ ।
(ग) नेपालका आपसी युद्ध र द्धन्द्धमा सत्ताको प्राप्ति र खारेजीसँग तीन न तेहृका मानिसको पनि अकालमृत्यु भैरहेको समकाली परिप्रेक्ष्य भने तिक्खरोसँग प्रकट भएको छ ।
(घ) पात्रहरूको व्यक्तिगत घटनाको बीचमा कथाकार खुसुक्क पसेर प्रतिक्रिया व्यक्त गर्छ वा टिप्पणी गर्छ । यो त व्यक्तिगत गोप्यता भङ्ग गरिदिने जनसुसी (तिलस्मी होइन) रीतको शैली भएन र ?
४. ‘अप्राप्य मोड’ शीर्षकको कथामा भने भिन्न प्रकारको टिप्पणीको परेको छ र यो टिप्पणीको स्थिति सबै कथामा पाइन्छ । टिप्पणीका शब्द छन् – तत्सम शब्दको प्रयोगमा प्रशस्त अशुद्धि छन् विषयको भावावस्था बुझाउन कथाकारलाई निकै सङ्कट परेको छ र आवेशले घचेट्ता शब्दरचनामा ध्यान पुगेको छैन ।
५. ‘पोइला’ शीर्षकको कथामा तिप्पणी धेरै छ– परम्परागत मूल्यसूचीमा नपर्ने क्रिया– कलाप निरापद हुन सकेन भने विषयका कथा कति लेख्न, यो त नारीशिक्षाको विषयमा लेखिएको निबन्धजस्तै भयो । … । स्थानीय टाठाबाठा स्थानीय केटी फकाउन र भगाउन सफल हुन्छन् बाउआमा मुखले जे भने पनि भित्रभित्रै खुसी हुन्छन् भन्ने सत्य हरि सरले तुक्का, थेयो र वाक्यांशको प्रयोग रोचक छ ।
६. ‘सन्तबहादुर म तिमीलाई माया गर्छु’ शीषकको कथामा गरिएको टिप्पणी भने अलि भिन्न खालको छ अज्ञात र अनाम शहिदको हूलमा प्रतिक्रियावादी र प्रतिगमनकारी शक्तिको सेवामा प्राण अर्पित गरेको एउटा होनहार सिपाही प्राणाहुति आफ्नै उच्चतामा छ, तर उसलाई ‘शहिद’ भन्ने उसैका जहान मात्र भए, अरुलाई एक सिपाही एउटा बारको घोचोसरह छ, कर्सलाई केही मतलब छैन ।
७. सङ्ग्रहको शीर्षकथा ‘सम्झनाका अनुभूतिहरू’ प्रति गरिएका टिप्पणीले सङ्ग्रहका पूरै कथाले सार दिन सकेको देखिन्छ । पठनकालका टिप्पणीलाई जस्ताको तस्तै तल दिइएको छ –
(क) प्रभावबाट सर्वथा मूक्त, दैनिकी स्तरका सरलता र वार्तालापीय सहजता बोकेका प्राय मध्यपहाडी भेगको जनजीवनका निश्छल र निश्चल अभिज्यक्ति दिने कोटीका छन् र तिनलाई जीवनको भोगाइका तिक्तता एव म कटुताको वा भोगाइको सीमाभित्र पर्ने राज्यप्रदत्त कष्ट एव म अजेय मानिसका परास्त मनस्थिति पनि व्यक्त भएका छन् ।
(ख) कुनै एक शास्त्रको स्थापनाका कसीमा हेर्न नसकिने तर अनुभवको विविभतामा सहजै समेटिने खालका छन् भन्ने निष्कर्षमा म पुगेको छ ।
(ग) कथाकार प्रायः छद्यरहित व्ण्ञ्जनामा व्यस्त छ, राज्यका अवस्था र स्थितिप्रति उदासीन हुन नसकेको छटपटीबाट ग्रस्त पनि छ ।
८. अर्को कथा ‘लाहुरे’मा पाण्डुलिपीमा यस्तो टिप्पणी परेको रहेछ–
(क) घरमा लाहुरको फुर्ती लाएर तर्साउने वा छ्यास्ने हाम्रा लाहुरेको तुजुक र चुरीफुरीलाई बिर्खबहादुर कथापात्रले राम्रो प्रतिनिधित्व गर्दर्छ, उसको बोली, मिजास सबै लाहुरेको छ ।
(ख) यसैले कमलाले प्रेमकोभन्दा अन्य सामाजिक समस्या, विकृति र प्रकृतिका विषयमा कथा लेखे हुने हो, तर यो विषय पनि अतीतको भैसकेको छ, एकदमै समकालीन भने होइन ।
(ग) जीवनको जोबन मासेर आर्जेको पुँजीले न साहुको ऋण तिर्न पुग्छ, न धितो ।
(घ) तर अनुभव पात्रगत हिसाबमा बहुलता भए पनि विषयगत हिसाबमा प्रायः निखन्न पुग्छ, न त छाना टाल्न पुग्छ । बेफ्याँकमा विदेशको भजन गायो र लाटागाँडा तर्सायो । लाहुरेको काम त्यत्ति हो तर यस कथाले दिन ओजेको सन्देश भने पाठक स्वयम्ले इन्टरनेटबाट सामग्री तानेझैँ तानेर बुभ्नुपर्ने हुन्छ ।
९. अर्को कथा ‘नदेखेको माया’का सम्बन्धमा कथाको ‘अमेरिकामा फूल त्यसलाई मात्रै दिइन्छ रे जोसँग सम्बन्ध बढाउने रसँगै सुत्ने बहाना बनाउन खोजिन्छरे !’ भन्ने अंशलाई केन्द्र बनाई तिपिएको छ –
(क) पूर्व अनुच्छेदको श्लील, स्निग्ध र शालिक प्रेमशक्तिलाई यस वाक्यले अशिष्ट, सन्दर्भभग्न अश्लीलतामा पछारिदिएको छ । यसबाट कथाकारको एउटा व्यवहार लेख्ने कथाकारको रहर देखिन्छ तर यथार्थमा हाम्रो सामाजिक यथार्थमा हाम्रो संस्कृति र जीवनशैली वा शिष्टाचारका दृष्टिले असभ्य अश्लीलतामा परिणत गरिदिएको छ ।
सम्झनाका अनुभूतिहरूका कथाहरूमध्ये केही कथामा पाण्डुलिपि पाठकले गरेका केही टिप्पणीहरूका छन् । कमलाका कथाको कथ्य, शैली, प्रस्तुति, घटना, पात्रजस्ता परम्परागत मापदण्डका अतिरिक्त खासै मौलिक विशेषता के छन् भन्ने विषयमा मोहनराज शर्मा, कृष्ण गौतम, होमनाथ सुवेदी, डा.खगेन्द्र प्रसाद लुइटेल, पुरुषोत्तम दाहाल, पुरुषोत्तम सुवेदी र कमला सरुप स्वयम्का समीक्षात्मक परिचय सङ्ग्रहमा रहेकै छन् । हरेक कथाका छुट्टाछुट्टै विशेषता र एकै कथाभित्र पनि जीवन र विविध पक्ष समाविष्ट हुनाले प्रस्तुत अवस्था स्पष्ट छ भने नेपाली कथाविधामा नारीहस्ताक्षर आफैँमा महत्वपूर्ण हो र त्यसमा पनि यसमा ‘देशबोध’ हेर्न सकिन्छ । अहिले कमलाजी भौगोलिक माइल मीटरको नापामा धेरै टाढा छिन् तापनि उनीसँग देश छुटेको छैन, जनता नौला भएका छैनन्, सभ्यता बिर्सिएको छैन, संस्कृतिको प्रभाव छ ।
समस्या, सौन्दर्य, शक्ति, सम्पति सबैलाई एकेक गरेर भोगिरहेको नग्न तर समीचीन यथार्थ कथामा सँगालिएको छ र यसैले यसका् कथालाई पठनीय कोटिमा पुर्याएका छन्, पाइन लगाएका छन् । उनमा ‘छोटो’मा सम्पूर्ण’ दिने सीप छ यही सीपले पनि उनका कथामा आफ्नै पन र प्रवृत्ति ल्याएको छ भन्न सकिन्छ । यी आधारमा कमला सरुपको सिर्जनसमष्टिका विषयमा हामी निम्न निष्कर्षमा पुग्न सक्तछौँ ।
कमलाका कथाको केन्द्रमा ‘नारी’ पात्र छ, पुरुष त्यस नारीको अंशमा घुम्दछ ।
नारीलाई समाजको स्वतन्त्र र स्वावलम्बी वा आत्मनिर्णयी एकाइका रुपमा प्रतिष्ठित गर्न कथामूल्य कथ्यकेन्द्रित छ । सयैले सफलता देखिन्छ र नेपाली समाजमा महिलाका समस्याको गम्भीरता र सार पनि कथाकारले भेट्टाएको छ । कथाको दोस्रो उल्लेख नगरिनहुने पक्ष ‘प्रेम’ नै देखिन्छ । नारीपुरुषबीचकमानवीय/रतिरागात्मक प्रेमलाई विश्वजनीन छोरीको समस्याका रुपमा उपस्थापित गराउनु यनका कथालेखनको महत्वपूर्ण पक्ष हो । अरु केही विशेषतामा अभिव्यक्तिक निश्छलता, जेजस्तो अनुभूति छ, त्यसैलाई परिचयात्मक लेखमा विश्लेषण समावेश भएन । सारांशमा के भन्न सकिने अडिनु, जसलाई हामी विचारको निष्कम्पता भन्ने एक शब्द दिन सक्तछौँ ।
यसै गरी विषय संयोजनमा स्पष्ट सामाजिकता अर्को विशेषता हो । समाजका मूल्यमान्यताप्रति बढ्दो उदासीनता वा समाजका मूल्यलाई दैनिक आचरण बनाउने अरुचिजस्ता पक्ष पनि विशेष महत्व राख्तछन् । तुलनात्मक रुपमा जटिल विषयवस्तुलाई पनि सरल शैलीमा कथ्य ढङ्गले भन्न सक्ने अर्को विशेषता भाषामा सटिकता पाइन्छ मानवीय सम्बन्धलाई होस् वा मानव र वस्तुबीचको सम्बन्धलाई होस् बुझिने भाषामा व्यक्त गर्नु अर्को उल्लेख्य पक्ष हो ।
भाषामा व्यक्त गर्नु अर्को उल्लेख्य पक्ष हो विषयवस्तु र पात्रचयनमा सामञ्जस्य वा अनुरुपता पनि विशिष्ट प्रकृतिकै छन् । कथाकारका तत्क्षणको सामाजिक धरातलले नेपानी प्रवृत्तिसँग केही विरोभखाले भिन्न यस सङ्ग्रहमा परेका सबै कथा समाजका साझा विषय बनेका छन् जतजाति, वर्ग, धर्मजस्ता पक्षामा निरपेक्ष रही मानवता, मानवीय । समस्या, संवेदना, सहानुभूति रसंवेगका विषयमा लेखिएका सरल भाषाशैलीका सङ्क्षिप्त कथा हुनाले यिनको रोचकता रहेको छ, मनोवैज्ञानिक दृष्टि, आर्थिक विशिता र काम खोज्ने समस्या एव म तिनका सिलसिलामा उठ्ने समस्याका आरोहअवरोहजस्ता जीवनका विविधतालाई एकीकृत, समन्वित र प्रत्येक पक्षको स्वतन्त्रचित्रण ग्रिदिनाले सङ्क्षिप्त बनेको कथा नेपाली कथाविधाको लामो शृङ्घलामा नलुकाईकन भन्नु, आफ्नो विचारपात्र, वस्तु र परिवेशको वृत्तभित्र पारी भन्नुर त्यसमा संस्कृति र संस्कारका विषयवस्तु र पात्र छानिनु अस्वाभाविक हुने थिएन, तर कमलाका कथामा त्यस्तो भएन ।
‘लोग्ने’ भनेपछि सग्लो जीवन्त लोग्नेनै छ, यथार्थमा उनी बोँचेको समाजमा‘मेघावती’ को भूमिका उल्लेख्य नै छैन, हामी–कहाँ अपवाद प्रवृत्तिको छ, उनले त्यसलाई यसै भूमिको बनाएर टपक्क टिपेर थपक्क राख्न सकेको छन् । यो ठुली सफलता हो । आजको मानिसमा सञ्चारमाध्यमको सङ्क्षिप्तता र पूर्णता चाहिन्छ । एक शब्द फुत्कियो कि त्यो विषय पूरै फुत्किने हुनु–पर्दछ ।
कमलाले यस कथाको अनुभव गरेको हुनुपर्दछ । ग्रामीण सरलता, ग्रामीण सरलता, निश्छलता र सहजता बोकेको पात्रले पनि आफ्नो विषय वा कथ्य सञ्चारसुलभ संक्षिप्ततासाथ व्यक्त गर्दछ र त्यसमा कुनै कृतिमता देखिन्न । अभिव्यक्तिका पक्षमा यो अत्यत सूक्ष्म उपलब्धि मान्न सकिन्छ । यिन कथामा पाइने अर्को विशेषता के देखिन्छ भने एउटा कथाभित्र घटनाका शृङ्घला हुँदैनन् । जस्तै मेघावती पटेलको उदाहरण लिने हो भने यसलाई उपघटना वा उपकथाले परिपुष्ट गर्नुपर्ने हो, तर उसैका चरित्र र व्यवहारमा नै त्यो पूर्ण पारिएको यसले कथा सङ्क्षिप्त आकारको मात्र भएको छैन, स्मरणीय पनि भएको छ, पात्र र वस्तु आफैँमा पूर्ण, अनुस्यूत र सार्थ्क्षिप्त छन् र अरु कथासमेत सम्झनुपर्ने झन्झट–बाट मुक्त छन । यसैले यो पनि यिनको कथाप्रवृत्ति बन्न गएको छ । माथि पात्र, वस्तु शैली, भाषा आदि जुन विशेषताको उल्लेख भयो, त्यसको परिणाम–स्वरुप कथामा पाठकीय उत्सुकता वा नौलो उपलब्धि सावित भएको छ ।
अर्को मलाई मन परेको कुरा के छ भने समाजका मूल्यमान्यताको रक्षामा वक्तव्य दिने वा आफ्ना पात्रलाई मूल्यको पाठ पढाउने गरिएको छैन ।
मेघावतीको यथार्थमा मूल्यबोधले लज्जित पारीपश्चात्ताप गर्न लगाइएको भए कथारस समाप्त हुने थियो, कथामा उसको ग.यथार्थकै रक्षा गरिदिएकाले यसका वेग र वर्णन दुवै नै ग्रहणीय बन्न पुगे । परिणमतः उनको यो पक्ष कथाकारिता बन्यो, मूर्त विशेषता बन्यो । यस प्रकारसँग सम्झनाका अनुभूतिहरूमा कमला सरुपले नेपाली समाजका स्वप्न, शक्ति र सारलाई समन्वित रुपमा उपस्थापित गराएकी छिन् ।
यसैले यस सङ्ग्रहमा परेका सबै कथा समाजका साझा जातजाति, वर्ण, धर्मजस्ता पक्षमा निरपेक्षा रही मानवता, मानवीय समस्या, संवेदना, सहानुभूति र संवेगका विषयमा लेखिएका सरल भाषा–शैलीका सङ्क्षिप्त कथा हुनाले यिनको रोचकता रहेको छ, मनोवैज्ञानिक दृष्टि, आर्थिक विवशता र काम खोज्ने समस्या एव म तिनका सिलसिलामा उठ्ने समस्याका आरोहअवरोहजस्ता जीवनका विविधतालाई एकीकृत, समन्वित र प्रत्येक पक्षको स्वतत्रचित्रण गरिदिनाले सङ्क्षिप्त बनेको कथा नेपाली कथाविधाको लामो शृङ्लामा नौलो उपलब्धि साबित भएको छ ।
उनको भोगाइ भोलिका दिनमा पनि कथाविधाकै रुपमा आइदिए नौलो आयाम र उपलब्धि थपिने निश्चित छ । आजबाट देखिने कथाकार कमलाको भोलि झन् उज्ज्वल, फराकिलो र बलवान् हुने विश्वास गर्न सकिन्छ ।
शिवप्रसाद सत्याल ‘पीठ’
मझेरीमा पहिलो पटक प्रकाशित मिति – 2016-09-10 15:37:33 +0000
