ए ! नयाँ वर्ष
जगाइदे निदहरुलाई
ब्युझाइदे शहीदहरुलाई
वुद्दको देशमा बुद्धू धेरै भए
वक्ता हैन कर्ता चाहिएको छ
मानवीयता कैद नहोस्
सम्बन्ध कहिल्यै अवैध नहोस्
बहादुरलाई मूर्ख नबनाइदे
सिंगो सिसाकलम काटेर
बराबर तीन टुक्रा मध्ये
मेटाउने भएको पट्टिको एक भाग
हँसियाले तिखारेर
एउटा सानो खेस्रा कपि हातमा थमाई
डोहोर्याउदै मेरी आमाले
स्कुलमा पुर्याएको पहिलो दिन
जुनदिन
म आमाको आँचल समाउन
रोएँ
गैरीखेतको रोपाइँ
जमदार बाको मेला
उखेलेर धानको बिउ
झमझम पानीको वर्षा
वर्षासँगै
सुमधुर आवाजमा गाएको असारे गीत
“रिमी र झिमी पानी है पर्यो असारे मासैमा”
कोइलीले कागको फुल चोरे झैँ मौका छोपी छोपी रोपाहारलाई
हिलो छ्याप्ने लाठेहरू
तिनै लाठे मध्यको एक उनी !!