मन्द मन्द प्रकाश छायो राति सपनीमा
हिस्सी काले केटो आयो राति सपनीमा
अपरिचित अनुहारले चिने जस्तै गरी
मेरै नामले बोलायो राति सपनीमा
सिपालु पो रैछ मोरो हाँसो ठट्टा गर्न
निद्रामा नै हँसायो राति सपनीमा
स्मरण छ केही मात्र भुलिसकें धेरै
के कहानी सुनायो राति सपनीमा
स्वीकारी देऊ प्रेम भनी दुइटा घुँडा टेकी
गुलावको फूल उठायो राति सपनीमा
रेखा पन्त
गोर्खा, हाल इजरायल
