छन् आफन्त सबै छन् त्यत्ति हो
मात्र बोलाउदा बोल्दैनन् त्यत्ति हो
कुल्चिने उफ्रिने टेक्ने यही छाती
सम्झिछन् खेल्ने आँगन त्यत्ति हो
भन्दिन मेरो विरोधमा खडा हुनेछन्
गर्छन दुश्मनको समर्थन त्यत्ति हो
यी अधरका कलेठी नयनका आँसुले
गर्छन् उता खुशी उत्पादन त्यत्ति हो
रक्षा कवच ठानी निदाउनु पर्ने काख
केवल जोगाउनु पर्छ गर्धन त्यत्ति हो
रेखा पन्त ।गोर्खा
हाल इजरायल
