Skip to content

रूद्र छेत्री सृजन

यथार्थको संघारमा भविष्यलाई उभ्याउँदा

सधैँ रेलको डब्बामा छङ्ग-छङग
खुजुरा पैसा बजाउँदै, हात पसार्दै
आउँछ एउटा युवा
आफनो रित्तो खल्ती छाम्दछु
फेरि झोलामा भारि, फइलभरिका
प्रमाणपत्रहरू समझन्छु
त्यसको अनुहारमा म आफ्नो
भविष्य देख्दछु।

चौरस्ताको सेरोफेरो

चौरस्ताको सेरोफेरोमा मेरो कविता घुमिरहेछ,
निर्धक्कसित एउटा हातको
दुई औंलाले चुरोट च्यापि हिडने
किशोरवर्ग देख्दा यो दङ्ग पर्छ ।

ठिही लाग्दो गर्मीमा आइसक्रिम
चुस्ने युवतीका निला ओठ
रेलको अनुहार नदेख्ने युवकले
काला ओठमा च्यापेर
उडाउने धुवाँकको रेल,
बाबुको पसिनाको छाला काडेर

RudraChhetri

हिउँदो लाग्यो हजुर

हिउँदो लाग्यो हजुर कमान हाम्रो बन्दछ,
घरकी छोरी धनमती बैंसले मस्तछ ।

तलब-तनखा छैन हजुर
घरको चुल्हामा हडताल छ ।

दलाल याँहाको खुबै दिलदार छ,
हडताल हटाई धनमतीलाई साउदी पो पठाएछ ।

मेरी आमा

युगले आधुनिक्ताको टुप्पी टेकेर
विश्व प्रगतिको शङ्खध्वनि गरिसक्यो,
तर आज पनि हाम्रो विश्वमा बिहान
भालेकै डाकमा हुन्छ ।

स्वर्नणम संसारको मिठो सपना छोडेर
गहभरि तितो आँसु बोकेर
भालेको पहिलो डाकमा
तर्सेर उठ्छिन् मेरी आमा
सधैँ झिसमिसे रातमा ।