Skip to content

ओ.हेनरी (विलियम सिडनी पोर्टर)

मूटूहरू र हातहरू (अनूदित कथा)

डेन्भरबाट पूर्वतर्फ जाने बि. एण्ड एम. एक्सप्रेस ट्रेनका डिब्बाहरू भित्रिँदै गरेका यात्रुहरूले खचाखच भरिएका थिए। एउटा डिब्बामा एक सुन्दर युवती शोभनीय पहिरन साथै एक अनुभवी यात्रुले खोज्ने सबै किसिमका विलासी सुबिधाहरूले घेरीएर बसीरहेकी थिइन्। डिब्बाका नवागन्तुकहरू मध्ये दुई पुरूषहरू थिए, एक सुगठिलो शरीर भएको युवक थियो जसको मुखाकृति र व्यवहारमा निर्भिकता, प्रष्टवक्ताको छवि देखिन्थ्यो; अर्को भने चाउरी परेको उदास मुखाकृति, भीमकाय शरीर र झुत्रे झाम्रे कपडामा देखिन्थ्यो। दुबैलाई हतकडीले सँगसँगै बाँधिएको थियो।

अन्तिम पात (भावानूदित लघुकथा)

हिउँदको सिरेटोसँगै न्युमोनियाले दर्जनौँ शिकार फसाउँदै अगाडि बढ्यो । यसबाट जोन्सी बच्नसक्ने कुरै थिएन । ऊ सयनकक्षको झ्यालबाट अर्को घरको पर्खालमा नियाल्दै थिइ । सामान्य परीक्षण पछि रूम पार्टनर स्युलाई डक्टरले बाहिर बोलाए ।

“दशमा एक सम्भावना । बाँच्ने इच्छा जागृत भएमा सम्भावना दोब्बर हुन्छ ।”

काममा ध्यानमग्न भएकै बेला मलीन आवाज आयो — जोन्सी झ्यालतिर हेर्दै उल्टो गन्दै थिई – ‘‘बाह्र’’ ‘‘एघार’’ … ।

‘‘के गन्दैछौ ।”

अन्तिम पात (अनूदित कथा)

वासिङ्टन स्क्वेरको पश्चिम पट्टी अनौठा गल्लीतथा कुनाहरूसँगै गुजमुल्टीएका ती ठाउँहरूलाई केही चित्रकारहरूले आफ्नो कर्मथलो बनाए । उक्त कर्मथलोको कुनै एक तीन तल्ले घरमा स्यु र जोहाना उर्फ जोन्सीले आफ्नो चित्रशाला बनाएका थिए । मेइन र क्यालिफोर्नियाका यी जोडीको संयुक्त अभिरूचीले यिनीहरूलाई एक संयुक्त चित्रशाला तिर उद्धत गराएको थियो ।

मे महिनाको चिसो सिरेटोसँगै एक अपरिचित न्युमोनियाले यी चित्रकारहरूको कर्मथलोमा यत्र–तत्र चीसो स्पर्शसँगै दर्जनौँ शिकारलाइ आफ्नो चङ्गुलमा फसाउँदै निर्भिकरूपमा पाइला अगाडि बढाउँदै हिँड्यो । चिसोको प्रभावसँगै मीस्टर न्युमोनियाको प्रभाव अझ बढ्दै गयो ।