Skip to content

राजेन्द्र ज्वाला के सी

मेचीदेखि महाकालीसम्म

गरेछनी उस्ले सन्धी मेची देखी महाकालीसम्म
अनि’पो हरायो स्तम्भसँगै बेरिएका जालीसम्म

कस्तो अचम्म सुन्दा पनि रातारात सारिन्छ खेत
रुदै भन्छ कठै किसान भन्न पाइन बालीसम्म

प्याराका लाश भेटिन्न भने

म खन्छु मेरा रोल्पाका बारी, प्याराका लाश भेटिन्न भने
सजाउछु म मेरा सिउँदो, तिम्रो युद्धमा मेटिन्न भने

किन धर्म को दर्शन छाट्छौ, जातलाई अघि तेर्साएर
साक्क्षात् दर्शन गराइदिन्छु, त्यो मन्दिरमा छेकिन्न भने

हराउनुको एउटा रहर हो यो

हराउनुको एउटा रहर हो यो
यहाँ आँफै हराएको खबर हो यो

सोच्नु होला बर्षामा पैरो गएछ
होइन! खोली सुकेको बगर हो यो

स्वार्थी भै बेपत्ता भो सोच्नु होला नि!
बेपत्ता बनाउने त शहर हो यो

के के लेख्छ के के भन्छ खुस्क्यो क्यारे
नसोच्दिनु मन् भित्रको जहर हो यो