गरेछनी उस्ले सन्धी मेची देखी महाकालीसम्म
अनि’पो हरायो स्तम्भसँगै बेरिएका जालीसम्म
कस्तो अचम्म सुन्दा पनि रातारात सारिन्छ खेत
रुदै भन्छ कठै किसान भन्न पाइन बालीसम्म
बन्दै छ रे उस्को देशमा जडिबुटी औषधालया
नराखी केही लान्छ लुछी फक्रदै गर्या डालीसम्म
आऊ गरौ एउटा युद्ध होइन भने फेरि नत्र
भन्नै नपाईएला हामीले म नै हुं नेपालीसम्म
