म खन्छु मेरा रोल्पाका बारी, प्याराका लाश भेटिन्न भने
सजाउछु म मेरा सिउँदो, तिम्रो युद्धमा मेटिन्न भने
किन धर्म को दर्शन छाट्छौ, जातलाई अघि तेर्साएर
साक्क्षात् दर्शन गराइदिन्छु, त्यो मन्दिरमा छेकिन्न भने
यहाँ कस्लाई पो माया छ र, अरबका ती बालुवामाथि
तिमीबाट मेरा सपनाका, हरपल् गला रेटिन्न भने
न सम्झनु यो अबेश हो या, कसैको भरमा बोल्दैछ यो
तिम्रै रगत्ले लेख्छौ सम्बिधान्, तिम्रा हात्बाट लेखिन्न भने
राजेन्द्र ज्वाला
