Skip to content

रण काफ्ले

20140923_RanaKafley-01

बाल भय विज्ञान, भयवाद र बसिबियाँलो

बाल भय विज्ञान, बालबालिकाको शारीरिक र मानसिक विकासको लागि अति आवश्यक विज्ञान हो । यो विज्ञानले भय सम्बन्धी अध्ययन गर्दछ । यसले व्यापकता पाउन समय लाग्छ । भयवादभित्र व्याख्या भएको एउटा शीर्षक हो बाल भय विज्ञान । यसैलाई व्यापकता दिन बालबालिकाको असर, उपयोगिता बताउन असम भारतका रण काफ्लेले प्राथमिकदेखि विश्वविद्यालयका विद्यार्थीहरूमाझ बसिबियाँलो गर्दै आएका छन् । यसै सिलसिलामा सेप्टेम्बर १३, २०१४का दिन पूर्वाञ्चल भारतको असम राज्यमा पर्ने अति दुर्गम पहाडी जिल्ला कार्विआङलाङको कलङ्गा नेपाली वस्तीमा १५ औं शृंखला सम्पन्न भयो । असम गोर्खा सम्मेलन कार्विआङलाङका सचिव जीवन लामाले १५ वटा मैन जलाएर उद्घाटन गरे । लामाले मन्तव्य राख्ने क्रममा भने, “बसिबियाँलो शुद्ध नेपाली शब्द हो । एकछिन फुर्सत निकालेर गरेको काम नै बसिबियाँलो हो । विद्यार्थीलाई लिएर गरिएको यो काम अति नै फलदायी छ ।”

20140830_RanaKafley_News

भयवाद, बसिबियाँलो र तीज

अविवाहितले लिने व्रत-राम्रो वर पाउँ, भविष्यमा सुख होस भन्ने कामना । विवाहितले लिने व्रत-स्वामीको दीर्घायु र सुस्वास्थ्यको कामना ।

उत्तरपूर्व भारतमा फिलोसोफी अफ फियरिज्मको आधारमा बसिबियाँलो हुँदै आएको छ । भारत असमका रण काफ्लेले गर्दै आएको बसिबियाँलोको चौधौं शृंखला कार्विआङ्गलाङ्ग जिल्लाको तुम्रेङ्ग, हाल्डीपु्रङ्गमा यही २८ अगस्ट, २०१४मा सम्पन्न भयो ।

20140527_RanaKafle

भयवादीय बाल मनोविज्ञानको प्रयोग

आसाम भारतबाट रण काफ्लेले भयवादलाई चेतनामुलक ढंगबाट अगाडि बढाउन सञ्चालन गर्दै आएको बसिबियाँलोको १३ औं श्रृंखला ११ मे, २०१४ का दिन कार्विआङलाङ जिल्लाको लाङथाङ-कि विद्यालयमा सम्पन्न भयो ।

आम मानिसहरूले विस्वास नै गर्न गाह्रो हुने गरी १०, ११ वर्षका रोहन क्षेत्री र विष्णु क्षेत्रीले उत्साहबद्र्धक ढंगबाट कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रमको उद्देश्य नै बालबालिकामा लुकेर बसेको भयलाई निकाल्नु थियो ।