भयवादीय बाल मनोविज्ञानको प्रयोग

20140527_RanaKafle


आसाम भारतबाट रण काफ्लेले भयवादलाई चेतनामुलक ढंगबाट अगाडि बढाउन सञ्चालन गर्दै आएको बसिबियाँलोको १३ औं श्रृंखला ११ मे, २०१४ का दिन कार्विआङलाङ जिल्लाको लाङथाङ-कि विद्यालयमा सम्पन्न भयो ।

आम मानिसहरूले विस्वास नै गर्न गाह्रो हुने गरी १०, ११ वर्षका रोहन क्षेत्री र विष्णु क्षेत्रीले उत्साहबद्र्धक ढंगबाट कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रमको उद्देश्य नै बालबालिकामा लुकेर बसेको भयलाई निकाल्नु थियो ।

कार्यक्रमको विषय थियो—प्रतिभा विकासमा भयको प्रभाव ।

आसाम सरकार रिसोर्स टिचर सर्वशिक्षा अभियान (RTSSA) का शिक्षक विष्णु निरौला समिक्षक, खगेन्द्र रोका क्षेत्री पर्यवेक्षक, आसामीस भाषाका शिक्षक बुद्धेश्वर साग्रा बुर्दोलोइ प्रमुख अतिथि थिए ।

कार्यक्रमको सञ्चालन र स्वागत रण काफ्लेले गरेका थिए ।

१३ औं बसिबियाँलो जनाउन प्रमुख अतिथिले १३ वटा मैन बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । प्रमुख अतिथिले “यस्ता कार्यक्रमले नानीहरूको मनको डर हटाएर प्रतिभाको विकास गर्न मद्दत गर्छ । नानीहरूले पढाइसँगै आफ्नो प्रतिभा अगाडि लैजान पर्छ” भने ।

समिक्षक विष्णु निरौलाले नानीहरूका गीत, कविता, रुपक, व्यङग्य, चुटकिला, चित्रकला, कथा, भजन सबैको एक एक गरेर समिक्षा गरेका थिए ।

साहस र भयमाथि राम्रो टिप्पणी गर्दै निरौलाले भने, “भयले गर्दा हामीले जानेको कुरालाई पनि भन्न सक्दैनौ । त्यसकारण भयलाई हटाएर हिम्मतसाथ अगाडि बढ्यो भने आफ्नो लुकेको प्रतिभा अगाडि ल्याउन सकिन्छ ।”

पर्यवेक्षक खगेन्द्र रोका क्षेत्रीले भने, “यस्तो कार्यक्रमले बालबालिकाहरूको प्रतिभा विकासमा महत्वपूर्ण भूमिका निभाउँछ ।”

अन्त्यमा सञ्चालक रण काफ्लेले “भयका दुईटा पाटाहरू हुन्छन् सकारात्मक र नकारात्मक । व्यक्ति र समाजलाई हानी गर्ने कुरालाई समाज, व्यक्तिकै डर मान्दै नगर्ने र व्यक्ति, समाज, देशलाई राम्रो हुने कुरालाई व्यक्ति, समाज, देशकै डर मान्दै अगाडि बढाउँदा राम्रो हुन्छ । नानीहरूले आफूभन्दा ठूलाबडाले नगर्नु भनेको कुरा डर मानेर छोडिदिने र गर्नु भनेको कुरा डर मान्दै पूरा गर्ने । यस्तो गर्दा मानिस राम्रो बाटोमा लाग्छ । यसले व्यक्ति, समाज, देशलाई फाइदा गर्छ” भन्ने शिक्षामूलक ज्ञान दिए ।

बालबालिकाहरूले शुरुमा डर मानेर प्रतिभा निकाल्न गाह्रो माने । एकदुई गर्दै सबैले बिस्तारै सबैले आ—आफ्नो प्रतिभा देखाउन थाले । एकजना दुईजनाले डर निकालेर प्रतिभा देखाउँदै गएपछि अरूलाई पनि उत्साह हुँदै गयो । अनि, वातावरण उत्साहबद्र्धक बन्दै गयो । रमाइलो भयो ।

रिजा शर्मा, संगीत निरौला, दीपादेवी, राजु थापा, ज्ञानी मायादेवीले क्रमशः हिन्दी कविता तथा गीत, “ए मेरे वतनके लोगो” “नन्ही मुन्नी रही हुँ”, “आकाश तुझे लेकर”, “तेरीमेरी”, “तुम्हे हुइ दोस्ती” गाए । अमन शर्माले पनि हिन्दी गीत गाए । रितुराज क्षेत्रीले हिन्दी प्रार्थना, “सरणमे आये प्रभु” गाए ।

आसामीस कविता रवि क्षेत्रीले “केर ते टुवा”, विद्यादेवीले “पखिला”, अमृतादेवीले “आसाम अमार रूपही”, अमन शर्माले “खेलु आहा” वाचन गरे । नेपाली गीत पवित्रादेवी, दीपेश भट्टराई, अमृतादेवीले क्रमशः “फूल त फुल्यो, के हेर्छौ साथी” गाए । उत्तम क्षेत्रीले नेपाली ब्यङग्य चुटकिला र गाउँखाने कथा सुनाए । पिन्की शर्माले आसामीस भाषामा रेडियो रुपक सुनाए ।

बालक रितुराज क्षेत्रीलाई सञ्चालकले भूत कस्तो हुन्छ भनी प्रश्न गरेका थिए । उसले भूतको बारेमा बताउन सकेनन् । सञ्चालकले नक्सा बनाएर देखाउन अनुरोध गरे । उसले लामो सिंह भएको डरलाग्दो मान्छे बनाएर देखाए । सञ्चालकले फेरि “यो भुतबाट बच्न के गर्नुपर्छ नक्सा बनाएर देखाउ” भन्दा उसले हातमा गदा लिएको बालक हनुमान बनाएर देखाए । उसको यो तीक्ष्ण बुद्धि सह्रानीय थियो । त्यस्तै संगीत निरौलाले कालो पार्टीमा प्राकृतिक सौन्दर्य चित्र बनाए ।

कार्यक्रमको अन्त्यमा पिन्की शर्मा र अमृतादेवीले नृत्य प्रदर्शन गरेर सुनमा सुगन्ध थपे । यस बसिबियाँलो कार्यक्रममा ७ वर्षदेखि १४ वर्षका ५० जना सानासाना बालबालिकाको सहभागी थियो ।

उत्कृष्ट कला प्रदर्शन गर्ने ९ जना बालकलाकारहरूलाई प्रमुख अतिथि बुर्दोलोइले उपहार दिए । नेपाली, हिन्दी, आसामीस भाषीमा प्रस्तुत भएको कलाले भााषिक समन्वयको काम गरेको थियो । त्यस्तै कार्यक्रममा गीत, कविता, ब्यङग्य, उखान, रुपक, नाच, चित्रकला सबै प्रस्तुत भएको थियो ।

यो कार्यक्रम निकै महत्वपूण थियो । सबैभन्दा महत्वपूर्ण भयवादको व्यवहारिक प्रयोग भएको थियो ।

यस्ता कार्यक्रमले विभिन्न भाषीहरूलाई हातेमैलो गर्दै समाजलाई अगाडि बढाउन सेतुको काम गर्न सक्छ भन्ने राम्रो सन्देश दियो ।

रण काफ्ले
आसाम

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *