म भन्छु नरोऊ नरोऊ किन यसै रुन्छौ तिमी
फिक्री तिमी नगरन किन विवश हुन्छौ तिमी
तिम्रो भन्नु म मात्रै हो अनि सधै तिमी मेरो
हाँसो तिमीसँग हुँदा किन आँसु चुन्छौ तिमी
कसम खान्छु सत्य सत्य हात तिम्रो सधै थाम्छु
तिम्रै थिएँ तिम्रै छु नि निराशा किन बुन्छौ तिमी