लाग्छ आफू आफैँसँग हारेँ आज
आफ्नो मुटु दोधारैमा पारेँ आज
बाँकी छन् धेरै कर्म पूरा गर्न अँझै
इच्छा जिउँदो हुँदा हुँदै आश मारेँ आज
झुलाउने हो कति हुन्छ भन्दा भन्दै
गर्नु पर्ने सामना निदाई टारेँ आज
साथ दिने छायाँसँग मित्रता टुटेपछि
एउटै पानी पँधेरोको साँध बारेँ आज
सुसाउन छोड्दैन रसाउने नीर पनि
बिझाउने ती तीरसँग जीवन नारेँ आज
