म भन्छु नरोऊ नरोऊ किन यसै रुन्छौ तिमी
फिक्री तिमी नगरन किन विवश हुन्छौ तिमी
तिम्रो भन्नु म मात्रै हो अनि सधै तिमी मेरो
हाँसो तिमीसँग हुँदा किन आँसु चुन्छौ तिमी
कसम खान्छु सत्य सत्य हात तिम्रो सधै थाम्छु
तिम्रै थिएँ तिम्रै छु नि निराशा किन बुन्छौ तिमी
भन्नेहरू भन्दै गर्छन् खहरेको भरै हुन्न
चोखो माया दिन्छु तिमीलाई समाज किन सुन्छौ तिमी
विश्वास गर्न सिक्नु पर्छ विश्वासमै चल्छ जीवन
दिल को माया सम्हाल्नु है व्यथा किन फुन्छौ ती
