रमाउन खोज्थेँ तिमीसँगै थिएँ निश्चल पानी
सुम्पेकोथेँ तन मेरो तिमीलाई आफ्नो ठानी
जगलाई भत्काइदियौ भित्ताको के अर्थ रह्यो
साथलाई तिरमै छाड्यौ गर्यौ बैमानी
डसेको नि थाहा पाइन डुबिसकेछु मायामा
सर्पलाई दुध पिलाएछु मैले जानी जानी
धोका पाएँ आज मैले तिमीलाई विस्वास गर्दा
माया गर्ने दिललाई फोडिदियौ छानी
हुत्याइदियौ आगोमा बिलाई गएँ नौनी सरी
अनायासै अश्रु खस्यो भयो नि बलेनी
