Skip to content

एकदेव पाण्डे

EkDevPandey

अमेरिका

१२ को परिक्षा दिइसकेपछि वुवाले भन्नुभएको थियो–“छोरा, अब तिमी अमेरिका जाऊ । उतै अन्कलसँग बसेर पढ । देशको हालत यस्तै छ । म अन्कंलसँग कुरा गरिदिउला ।“

त्यतिवेला अमेरिका सपनाको देश थियो । अहिले पनि नभएको होइन । नाउँ सुन्दै जिउँ फुरुङ्ग हुने देशमा जान पाउने अवसरलाई लत्याउदै मैले यसो भनेको थिए–“देशको हालत त ठिक छैन वुवा तर यदि हामी पढे लेखेका सबै मान्छेहरू युरोप अमेरिका भनेर कुद्यौ भने आखिर कोनै आएर ठिक बनाइदिन्छ त ? उताका मान्छेहरूले आएर त पक्कै बनाइदिदैनन् होला । त्यसैले वुवा म जति दु:ख गर्नुपर्छ यही गर्छु । देश राम्रो भयो भने हामी सबैलाई राम्रो हुन्छ ।”

म मरेमा तिम्रा आशु, झर्ला र सानु ?

झिंगा मरे जत्ति नि पिर्, पर्ला र सानु ?
म मरेमा तिम्रा आशु, झर्ला र सानु ?

मृत्यु शैय्या तिम्रै नाम, लि र’दा मैले
तिम्रो मनले देख्ने मन, गर्ला र सानु ?

एकै पल्ट मेरो छेउ, आई बस्दैमा
मेरो व्यथा तिमीलाई, सर्ला र सानु ?

भोका-एका-हरू याँ

भोका-एका-हरू याँ, अगाए पछि छोडी जान्छन्
कपडा सरी शरीरमा, लगाए पछि छोडी जान्छन्
कोही हुन्छन यस्ता पनि, यही दुनिया भित्र जो
नभएको माया पनि, जगाए पछि छोडी जान्छन्

न्याय निसाफ भग-वानले

न्याय निसाफ भग-वानले, गर्छ गर्छ एक दिन
मलाई जस्तो तिम्लाई पनि, पर्छ पर्छ एक दिन

मलाई यता रुवा-एर, उता हाँसिराखे पनि
मेरा जस्तै तिम्रा आशु, झर्छ झर्छ एक दिन

मेरो व्यथालाई हासो ठानी, यसै गरी उड़ाई राख
यही व्यथा तिम्लाई पनि, सर्छ सर्छ एक दिन