झिंगा मरे जत्ति नि पिर्, पर्ला र सानु ?
म मरेमा तिम्रा आशु, झर्ला र सानु ?
मृत्यु शैय्या तिम्रै नाम, लि र’दा मैले
तिम्रो मनले देख्ने मन, गर्ला र सानु ?
एकै पल्ट मेरो छेउ, आई बस्दैमा
मेरो व्यथा तिमीलाई, सर्ला र सानु ?
आश छैन बाच्छु धेरै, यो दुनियामा
औषधिले मनको घाउ, भर्ला र सानु ?
बाहना बनाई कुरो, तिम्ले टारे झैँ
कालको कुरा नि कहीं, टर्ला र सानु ?
अझै भन्छु माया गर्छु, जे होस् होस्
मर्न लाग्या मान्छे पनि, डर्ला र सानु?
छोड्ने छैन यो देवले, माया गर्नलाई
शरीर मरे नि आत्मा, मर्ला र सानु ?
एकदेव पाण्डे ”सुर्य”
पाल्पा अर्गली-०३ रनुवा
http://edevpandey.blogspot.com/2013/07/blog-post_16.html

Thanks for all reader……..
This Gajal is written by me just today(July-17).It’s just not imagination.It is the mix of my feelings also.If you want to read my more Gajals,than visit my Blog:
http://edevpandey.blogspot.com/2013/07/blog-post_16.html
If you want to contact me ,than email me at:
edevpandey@gmail.com
…………………
एकदेव पाण्डे